१२ जेठ, काठमाडौं । सबैको नजर रहेको भरतपुर महानगरपालिकामा नेकपा एमालेले फेरि बिस्तारै अग्रता बढाउँदै लगेको छ ।

जसका कारण प्रमुख पदका एमाले उमेद्बार देबी प्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीचको भीडन्त थप रोचक बन्दै गएको छ ।

अस्तिदेखि झण्डै चार हजारको मतान्तरलाई रेणुले १३ सयको हारहारीमा झारेकी थिइन् । देबीले फेरि गएराति देखि बिस्तारै अग्रता बढाउँदै लगेका हुन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार अहिले दुई उमेद्बारबीचको मतान्तर १६ सय २७ पुगेको छ । पछिल्लो विवरण अनुसार देबीले ३४ हजार ७ सय ६८ मत छ भने रेणुले ३३ हजार १ सय ४१ मतसहित पछ्याइरहेकी छिन् ।