देवताको डाक्टर को होला? मानिसलाई झैँ देवतालाई कसले उपचार गर्ला? यो विषय जति अनौठो लाग्छ त्यति नै रोचक पनि छ। देवतालाई पनि डाक्टर चाहिन्छ र?doctor of gods 2409107

गरुण पुराण अनुसार, विष्णु भगवानको एक रुप, धनवन्तरीलाई स्वर्गको चिकित्सकको रुपमा वर्णन गरिएको छ। आयुर्वेदको देवताको रुपमा वर्णन गरिने धनवन्तरीको चार हात छन्, एक हातमा अमृतको घडा, दोस्रोमा शङ्ख, तेस्रोमा चक्र र चौथोमा जुका लिएका छन्।doctor of gods 1295717

धनवन्तरीले मोहिनी प्रकट भई स्वर्गका देवता बिच अमृत नबाड्दासम्म, अमृतको घडालाई समुन्द्र भित्र संरक्षण र सुरक्षा दिने जिम्मेवारी सम्हालेका थिए। अमृत बाडिसकेपछि मोहिनी (विष्णुको रुप)ले धनवन्तरीलाई बाँकी रहेको अमृतलाई स्वास्थ्य र देवताको कल्याणको लागि सदुपयोग गर्न सुझाव दिएको पुराणमा उल्लेख छ।doctor of gods 3514317

आयुर्वेदको अभ्यास गराउने देवता पनि धनवन्तरी नै हुन। गुरुण पुराणमा भनिएको छ। गरुण पुराण अनुसार उनले धनवन्तरी निघन्टु र धनवन्तरी संहिता पुस्तक लेखे, यी पुस्तक आयुर्वेदको दुई महत्वपूर्ण पुस्तक हुन। यी पुस्तकमा सामान्य रोग र तिनको निदानको उपाय वर्णन गरिएको छ।doctor of gods 5123087

पिनास, पाइल्स, मासी, साथै विषको घटना के गर्ने, धनवन्तरी संहितामा सबै रोगको बारेमा निदान गरिएको छ, कति रोग त मानिसलाई अझै अज्ञान नै छ। यसबाहेक धनवन्तरीमा औषधीको बारेमा पनि विस्तृत वृतान्त छ। गरुण पुराण अनुसार, धनवन्तरीले पुस्तकमा उपचार पद्धतीको पाँच चरण उल्लेख गरेका छन्।

१. निदाना, अर्थात रोगको लक्षण प्रष्ट हुनु अघि नै रोगको निदान।
२. दोस्रो, यसमा पूर्व रुपाको कलालाई वर्णन गरिएको छ। यो यस्तो चरण हो जसमा रोगका सुरुमा देखिने लक्षणहरु प्रकट हुन्छन्।
३. तेस्रो चरण, ‘रुपा’ । यो चरणमा रोगको सबै लक्षणहरु देखिन सुरु हुन्छन्।
४. चौथो चरण रोगको उपचारमा केन्द्रित छ। सबै लक्षण थाहा भएपछि औषधी, खाना अनि अन्य क्रियाकलापको सहयोगमा रोगको उपचारमा ध्यान दिइन्छ।
५. पाचौँ चरणलाई संप्राप्ती भनिन्छ। यो चरणमा उपचार पश्चात रोग निको हुने क्रममा बिरामी आराम गरिरहेको अवस्थालाई वर्णन गरिएको छ।

doctor of gods 428647

प्राचिन समयमा सुश्रुतले धनवन्तरी निघन्टु मार्फत शल्यक्रिया र आर्युवेदको ज्ञान चेलाहरुमा बाँढेका थिए। गरुण पुराणले पनि यी पुस्तकमा विभिन्न रोगको निदान उल्लेख गरिएको बताउँछ। ज्वरोको लागि पानी तताएर त्यसमा विभिन्न जडिवुटीको प्रयोग गर्ने र सो पानीले बिरामीको ज्वरो र प्यास मेटाउन उल्लेख छ। पिनासको लागि त्रिफला लगायतका विभिन्न जडिबुटी पकाएर खानेबारे विस्तृतमा वर्णन गरिएको छ।

भाँचिएको हाँड, जनेन्द्रिय सम्बन्धी रोग, सर्पको टोकाइको निदान, बाँझोपन, जन्डिस लगायत तमाम रोगको निदान वर्णन गरिएको पढ्न सकिनेछ।