२८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहत र उद्दारको काम प्रभावकारी रुपमा अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिनु भएको छ ।

ठाउँ ठाउँमा पहिरो, बाढी र डुबानका कारण जनधनको ठूलो क्षति भएको छ । प्रधानमन्त्रीले उद्दार, राहत र क्षति न्यूनिकरणमा सबै जनशक्ति परिचालन गर्न निर्देशन दिनु भएको उहाँको नीजि सचिवालयले जनाएको छ । यस्तै गृहमन्त्रालय अन्तरगतको केन्द्रीय विपत ब्यवस्थापन समितीको आकस्मिक बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतको ब्यवस्था गर्ने बारे उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

 बैठकले खोज उद्धार र राहतका लागी स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, तथा तालिम प्राप्त सुरक्षाकर्मी र अन्य जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । यस्तै गृह मन्त्रालयले अन्य मन्त्रालयसित थप समन्वयगरी राहत र उद्धार कार्य थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ ।

गृहमन्त्रालयले राहत र उद्धार कार्यमा आवश्यक पर्ने खाद्यान्न लगाएत साम्रागी उपल्ब्ध गराउन उद्योगी ब्यवसायी, सामाजीक क्षेत्रमा क्रियाशिल समाजसेवी लाई अपिल पनि गरेको छ ।