२५ पुस, एजेन्सी ।

अमेरिकाका राष्ट्रपति बाराक ओवामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कटाक्ष गर्दै देश चलाउनु व्यपार गरेजस्तो नभएको बताएका छन् । ओवामाले ट्रम्पलाई भने, ‘ह्वाइट हाउसलाई पारिवारिक व्यवसाय चलाएजस्तो चलाउने कोशिस नगर्नु होला ।’ obama

अमेरिकाकै एक टेलिभिजन च्यानललाई अन्तरवार्ता दिने क्रममा ओवामाले ट्रम्पलाई देशका संस्थाहरूलाई ‘सम्मान’ गर्न सल्लाहसमेत दिए । उनले भने ‘सपथ ग्रहणपछि तपाई संसारकै सबैभन्दा ठूलो संस्थाको प्रमुख बन्नु हुनेछ, हेक्का राख्नु होला ।’ २० जनवरीमा नवनिर्वाचित राष्ट्रपतिले सपथ ग्रहण गर्नेछन् ।

ओवामाले चुनाव प्रचार गर्नु र सरकार चलाउनु फरक कुरा भएको बताए । अन्तरवार्ताका क्रममा उनले भने ‘संसारभरीका देश र वित्तिय वजारमा यस्ता मान्छे छन्, जसले तपाईको कुरालाई गंभिरताकासाथ लिनेछन् ।’ ओवामाले रूसले साइवर हमला गरेर चुनावलाई प्रभावित पारेको विषयमा चर्चा गर्दै भने ‘हामीले यसलाई कम आँक्यौं ।’

उनले भने ‘मलाई लाग्छ आजको सूचनाको नयाँ युगमा मानिसलाई गलत सूचना दिएर कसरी समाजलाई प्रभावित पार्न सक्छन् भन्ने कुरामा कम ध्यान दिइयो ।’ यसअघि उनले अमेरिकी सुरषामा प्वाल पर्नुमा रूसको हात रहेको आशंका गरेका थिए ।