भोजराज कोइराला
producerमहोत्तरी /प्रोमोशनका लागि देश दौडाहामा निस्केको चलचित्र प्रोड्युसर युनिटले आज सर्लाहीमा पत्रकार सम्मेलन गरेको छ । युनिटले सर्लाहीको हरिवनमा पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रोड्युसर निर्माता राजकुमार राइले प्रोड्युसर नेपाली चलचित्रका निर्माताहरू कै कथामा बनेको फिल्म भएको बताए । निर्माता संघका अध्यक्ष समेत रहेका राइले चलचित्र निर्माण देखि लिएर प्रदर्शन सम्मका क्रममा निर्माताहरूले भोग्नु पर्ने सुख दुखका कुरा नै प्रोड्युसर चलचित्र भएको पत्रकारहरूलाई जानकारी दिए ।

प्रोड्युसरको सर्लाहीको लालबन्दी सहित देशभरका ५१ स्थानमा च्यारिटी शो हुन लागेको कुरा पनि निर्माण युनिटले पत्रकार सम्मेलनमा जानकारी दियो । हरिवनमा पत्रकार सम्मेलन गरेर प्रोड्युसर युनिट हेटौँडा तर्फ लागेको छ । हेटौडामा चलचित्रबारे जानकारी दिएर टोली चितवन हुँदै पश्चिम नेपाल जाने टोलीमा रहेका निर्देशक श्याम भट्टराइले जानकारी दिए । निर्माता राई , निर्देशक भट्टराई र चलचित्रका प्रस्तुतकर्ता ज्योतीराज राई चलचित्रको प्रोमोशन टोलीमा सहभागी छन् ।

दर्शन आर्टश सिनेमाको व्यानरमा निर्माण भएको प्रोड्युसरमा श्याम अर्याल, श्वेता भट्टराई, बाबु बोगटी, विल्सन विक्रम राई, श्याम राई, पायल रायमाझी लगायतको अभिनय रहेको छ । जनक पराजुली निर्देशित प्रोड्युसरको रिलिज डेट तोकिएको छैन् ।