१२ वैशाख, काठमाडौं ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । आज दिउँसो तीन बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्दैछन् ।

कांग्रेसको घोषणापत्र सरकारले ल्याउने बजेट कार्यक्रमजस्तै निक्कै महत्वकांक्षाले भरिएको छ । आर्थिक समृृद्धिका लागि लगानी भित्र्याउने, अवसरको ढोका खोल्नेदेखि सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको घोषणापत्र तयारी समितिका सदस्य रामकृष्ण यादव बताउँछन् ।

कांग्रेसले संघीय प्रणाली अन्तर्गत स्थानीय सरकरको अवधारणामा गएको भन्दै सबै स्थानीय तहलाई नमूना स्थानीय सरकारको रुपमा विकास गर्ने आफ्नो प्रमुख प्राथमिकता बनाएको छ । ठूलो, पुरानो र लोकप्रिय पार्टीका रुपमा आफूलाई उभ्याउँदै कांग्रेसले स्थानीय सरकारलाई बलियो बनाउने गरी कार्यक्रम ल्याउने तयारी समितिका सदस्य रामकृष्ण यादव बताउँछन् ।

कांग्रेसले गुणस्तरीय निशूल्क माध्यविक शिक्षा, सीपमूलक प्राविधिक शिक्षा, प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल, स्थानीय तहम, वडा र टोल जोडने पक्की सडक, घरघरमा बिजुली जस्ता बजेटका आउनुपर्ने जस्तै कार्यक्रम आफ्नो घोषणापत्रमा समेटेको छ ।

युवा किसान महिला क्बलहरु, सबै नागरिक मर्यादित हुनुपर्ने, भ्रष्टाचारमुक्त स्थानीय प्रशासनको अवधारणा पनि कांग्रेसको घोषणापत्रमा छ ।

सुधारकको काम गर्ने
आर्थिक समृद्धिलाई प्राथमिकता दिएको कांग्रेसले अस्थिर राजनीतिको लाभ खोज्ने प्रवृत्ति अन्त्यको लागि अभियान नै चलाउने भएको छ । यसका लागि सामाजिक परिवर्तनको प्रेरक भएर काम गर्नुपर्ने प्रस्ताव कांग्रेसको छ ।

सामाजिक सुरक्षाका कार्यक्रममा जोड
नेपाली कांग्रेसले सामाजिक सुरक्षाको कार्यक्रममा जोड दिएको छ । बृद्धभत्ता दुई तीन वर्षको अन्तरमा बढाउने, एकल महिला भत्ता बढाउने, विद्यालय जाने महिलालाई प्रोत्साहन दिंदै भत्ता दिने जस्ता सामाजिक सुधारका विषय पनि उल्लेख गरेको छ ।

लगानी र अवसरको ढोका खोल्न महत्वकांक्षी कांग्रेस
प्रत्येक वर्ष एक खर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउने महत्वकांक्षी योजना कांग्रेसले घोषणापत्रमाफर्त ल्याउँदैछ । यसरी १० वर्षमा १० खर्ब विदेशी लगानी भित्र्याउने रोजगार अवसरको ढोका खुल्ने र आर्थिक समृद्धि अघि बढ्ने सोच कांग्रेसको छ ।

यसरी लगानी भित्र्याएपछि प्रत्येकवर्ष ३ देखि ५ लाखसम्म रोजगारी सिर्जना गर्ने महत्वकांक्षासमेत कांग्रेसले पालेको छ । यसरी रोजगारी दिंदा युवा सीप विकास कार्यक्रम, युवा उद्यम चुनौति कोष, कृषि, पर्यटनमा अवसर खोज्ने, साना र घरेलु उद्योगलाई प्राथमिकतामा धेरैलाई रोजगार बनाउदेखि रेमिट्यान्सको सही सदुपयोग गर्नेजस्ता कार्यक्रम पनि कांग्रेसका छन् ।

युवा चुनौती कोषमा कांग्रेसले काम गर्ने उमेर समूहका अर्थात १६ वर्षदेखि ४५ वर्षसम्मका नागरिकहरुलाई आफ्नै लगानीमा २५ प्रतिशत, ५० प्रतिशत सहुलियत ऋण र २५ प्रतिशत उनीहरुले नै लगानी गर्नुपर्ने अवधारणा पनि कांग्रेसले घोषणापत्रमा समेटेको छ । आर्थिक समृद्धिका लागि उद्योगलाई बढावा दिने रोजगारीको सिर्जना गर्ने, कल्याणकारी राज्यको अवधारणालाई मूतरुप दिन यस्ता महत्वकांक्षी अवधारणा अघि सारिएको घोषणापत्र तयारी समितिका सदस्य यादव बताउँछन् । ३५ सदस्यीय तयारी समितिले घोषणापत्र तयार गर्नु अघि पार्टीभित्र, पेशा व्यवसायीहरुसँग पनि सुझाव मागेको थियो ।