केरा साह्रै उपयोगी र रुचाइएको फल हो। मिठो स्वाद र खासै भित्र बिउ नहुने भएकाले पनि यसको उपभोग पनि धेरै नै हुने गरेको छ।eating banana 18777714

केरालाई लिएर हिड्न सजिलो र किटाणुबाट संक्रमित हुन बाट प्राकृतिक रुपमै जोगिन् यसको बोक्रा छ। अझ केराको फलसंगै यसको बोक्रा पनि पोषिलो हुन्छ।

यो पढ्नुस:केराको बोक्रा पनि भित्री भागजस्तै पोषिलो

केराले पाचन प्रणाली, मुटु र तौल घटाउन अत्यन्तै उपयोगी हुन्छ। सुन्दर देखिन चाहनेलाई केरा निकै सहयोगी सिद्ध हुन सक्छ। पाचन पक्रिया ठिक बनाइ यसले अनुहारमा समेत चमक ल्याउन मद्धत गर्छ।

यो पढ्नुस्: दिनमा २ केरा खानुस् १२ फाइदा पाउनुस्

के पाइन्छ केरामा ?
केरामा प्रशस्त मात्रामा पोटासियम पाइन्छ र उत्तिकै मात्रमा यो भिटामिन सि र म्यागेनियमको स्रोत पनि हो। केरामा भिटामिन बी पनि पाइन्छ। यसैगरि खनिज पदार्थहरु आयोडिन, आइरन, सेलेनियम,जिंक पनि पाइन्छ।

यो पढ्नुस्।
‘ब्लु बल्स’ अर्थात उत्तेजित हुँदा पुरुषको अण्डकोष दुख्ने समस्याको २ उपाय