३ जेठ, दैलेख ।

दैलेखका ११ वटा स्थानीय तहमध्ये छ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

टाँठीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासनी नगरपालिका, महावु गाउँपालिका, डुङ्ग्रेश्वर गाउँपालिका र नारायण नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

नारायण नगरपालिका, महावु गाउँपालिका र भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नेकपा एमालेले बाजी मारेको छ । नेपाली काँग्रेस डुङ्ग्रेश्वर गाउँपालिकामा विजयी भएको छ ।

नारायण नगरपालिकाको प्रमुखमा एमालेका रत्नबहादुर खड्का र उपप्रमुखमा सावित्रा मल्ल क्रमशः चार हजार ७२५ मत र चार हजार ८६६ मतसहित विजयी भएका हुन ।

यस्तै, महावु गाँउपालिका एमालेका अध्यक्ष पदका उम्मेदवार जङ्गबहादुर शाही र उपाध्यक्षमा प्रेमकुमारी बुढा क्रमशः तीन हजार ५२२ र तीन हजार ८०८ मतसहित विजयी भए।

भैरवी गाउँपालिकामा पनि एमालेका प्रेमबहादुर बुढा र उपाध्यक्षमा पदम विष्ट क्रमशः तीन हजार ५८४ मत र तीन हजार ४७८ मत सहित विजयी भएका छन् ।

यसैगरी, डुङ्ग्रेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र मल्ल र उपाध्यक्षमा सीता ज्ञवालीले क्रमशः दुई हजार ७८७ र दुई हजार ६२८ मतसहित विजयी भएका छन् ।

चामुण्डा विन्द्रासैनी नगरपालिकाको अध्यक्षमा एमालेका सूर्यबहादुर शाही र उपाध्यक्षमा ताराकुमारी शाहीले क्रमशः दुई हजार ७१३ मत र दुई हजार ९५४ मतसहित विजयी भएका छन् ।

टाँठीकाँध गाउँपालिकामा एमालेका धीरबहादुर शाही एक हजार ९२४ मत प्राप्त गरेर विजयी भएका छन् । उपाध्यक्षमा सुम्मिता सिंह एक हजार ९७८ मत प्राप्त गरेर विजयी भइन।

धुलिखेल – काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ ।

अध्यक्षमा काँग्रेसका सलामसिं लामा विजयी बनेका हुन । लामा तीन हजार ९४९ मतसहित विजयी भएका हुन ।

गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै दुर्गामाया तामाङ तीन हजार ७८४ मतसहित विजयी भएकी छिन् ।

सल्यान – सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका सन्तोष केसी दुई हजार ९२२ मत र उपाध्यक्षमा सीता केसी दुई हजार ८१४ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी, कपुरकोट गाउँपालिकाको अध्यक्षमा एमालेका भीमबहादुर सेन तीन हजार १५२ मत र उपाध्यक्षमा एमालेकै तीला बुढामगर तीन हजार ३८० मत प्राप्त गरी विजयी भएका छन् ।

नुवाकोट – तादी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा ईश्वरी उप्रेती विजयी भएका छन् ।

पाण्डे तीन हजार ९० मत र उप्रेती तीन १५६ मत प्राप्त गरी विजयी भएका हुन ।

बागलुङ – जिल्लाको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी बनेको छ । राजमोका कृष्णप्रसाद शर्मा तीन हजार ३४ मतसहित गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् । उपप्रमुखमा एमालेका दिलकुमारी पुन दुई हजार ९९५ मतसहित विजयी बनेका छन ।

चौतारा – सिन्धुपाल्चोकको बलेफी गाँउपालिकाको अध्यक्षमा एमालेका केदार क्षत्री तीन हजार २३१ मत र उपाध्यक्षमा एमालेकै कमला कायस्थ तीन हजार ३६७ मत प्राप्त गरी विजयी भएका छन् । रासस