प्रयास पराजुली ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व सम्हालेको पाँच महिना पुरा भएको छ । पाँच महिनाको महत्वपूर्ण समय प्रचण्डले प्रतिपक्ष दल नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई नै मनाउन खर्चिएका छन् । प्रचण्डले सहमति निर्माणको लागि रातदिन लागि परेपनि दलहरुबीचको सहमति जुटन सकेको छ्रैन् । प्रतिपक्ष दल एमालेले निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको छ भने मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित गरेर मात्रै निर्वाचनमा जानु पर्ने अडान राखेको छ ।

फाइल तस्बिर

मोर्चा मनाउदा ओली रिसाउने, ओली मनाउदा मोर्चा रिसाउने
प्रधानमन्त्री प्रचण्डले मधेसी मार्चालाई पनि संविधान संशोधन विधेयक पारित गरेर निर्वाचनमा एक साथ लिएर जाने योजनामा छन् । त्यसको लागि संसदमा पेश भएको संविधान संशोधन विधेयक पास गर्नुपर्ने हुन्छ । तर प्रतिपक्ष एमाले विधेयक पारित गर्न तयार छैन् ।

प्रचण्डले अछुतको व्यवहार कायमै राखे सरकारबाट बाहिरिन्छौं:  राप्रपा

विधेयक पारित गर्न नदिने सहितका बहुमत लिएर एमाले सरकारलाई असफल बनाउने खेलमा रहेको छ । प्रचण्डले दुवै पक्षलाई मान्य हुने गरी संविधान संशोधन विधेयक पारित गरेर अगाडि बढन चाहन्छन । विधेयक पारित भए पाँच नम्बर प्रदेशबाट छुटयाउन प्रस्ताव गरिएका पहाडी जिल्लामा थप आन्दोलन चर्किने देखिन्छ । एमालेले कुनै पनि हालतमा विधेयक पारित गर्न नदिनको लागि बहुमति सांसद आफ्नो पक्षमा राखेको छ ।

सिके राउतले देश टुक्र्याउने धम्की दिंदा पनि प्रचण्डले नसुनेपछि …

दोधारमा प्रचण्ड
प्रचण्डको लागि अहिले संविधान संशोधन विधेयक र निर्वाचनको मिति घोषणा खाऊ भने दिनभरीको शिकार नखाऔ भने कान्छा’बाको अनुहारजस्तै भएको छ । संविधान विधेयक पारित नगर्दा संविधानप्रति असन्तुष्टि जनाउदै आएका मधेसी मोर्चा आन्दोलित हुने चिन्ता कायमै छ । सरकारले संसदमा दर्ता गराएको विधेयक पारित गर्नुपर्ने नैतिक संकटमा प्रचण्ड उभिएका छन् । संविधान संशोधन विधेयक पारित गर्नको लागि सत्तारुढ दल राप्रपा र फोरम लोकतान्त्रिक सरकार विस्तार प्रक्रियासँगै रुष्ट बनेका छन् ।

व्यक्तिगत इगोमा देश डुबाउँदै प्रचण्ड, देउवा र ओली

सत्तारुढ गठबन्धमा रहेको मध्ये अझै पाँच मत सरकारको लागि आवश्यक पर्छ । त्यसको लागि विपक्षी गठबन्धनमा रहेका सांसदलाई ल्याउनु पर्ने हुन्छ । विधेयक पारित गर्नको लागि प्रचण्डले आन्तरिक गृहकार्य गरेपनि सत्तारुढ प्रमुख दल कांग्रेसले आफ्नो नेतृत्व कसरी सुरक्षित हुन्छ भन्ने दाउमा छ ।

तीन दलको सहमतिले मधेसी मोर्चालाई तनाब

संविधान संशोधन विधेयकको बारेमा अलमलिदा निर्वाचनको लागि विपक्ष दल एमालेले दबाब खेप्नको लागि पनि प्रचण्डलाई उस्तै चुनौती छ । संविधान कार्यान्वयन गर्नको लागि पनि निर्वाचनको मिति घोषणा गर्नुपर्छ । तर तत्काल निर्वाचनको मिति घोषणा गर्दा मधेसी मोर्चा भड्किने चिन्ता प्रचण्डलाई छ । एमाले र मधेसी मोर्चाको अडानको कारण प्रचण्ड दोधारमा परेका छन् ।