हेमन्त गिरी 

“बाबुराम भट्टराईलाई तपाइँ माओवादीबाट बाहिर आउनोस, हामी साथ दिन्छौं भन्यो,
उज्वल थापालाई तपाइँ अघि बढ़नोस, हामी विवेकशील भई पछिपछि लाग्छौं भन्यो,
रवीन्द्र मिश्रलाई पत्रकारीता छोडेर देश हाँक्नुस, देशलाई विद्वानको खाँचो छ भन्यो,
चित्र बा र बिजुक्छे बाका भाषण सेयर गर्यो, चौतारा होस वा भट्टीहरुका बाहरुका नाम लिई लिई राष्ट्रवादी गफ हाँक्यो,

अनि जब चुनाव मुखमा आउँछ, आफ्ना सम्पूर्ण विवेक र चेतना थैलोमा बन्द गरेर २७ र २८ वर्षसम्म देशलाई भँड़खालोमा हाल्ने, नदीनाला, सम्पदा र स्वभिमान बेच्ने दलको चम्चा बनेर हिड्यो, भोट हाल्ने बेला रुख, सूर्य, हँसियाहथौड़ा वा गाइ खोजी खोजी ल्याप्चे लगायो, चुनावको चम्चा, पछि डाडु पन्यू बन्यो, देश लुट्यो !
हो, यही हो मेरो परिचय…म आजको नेपाली युवा !!

आजको औसत नेपाली युवा–प्रवृत्ति यही हो । लेख्दा बोल्दा तितो लाग्ला, यदि युवाको भिड लहैलहैमा नलाग्दो हो त देशमा यो अवस्था आउने नै थिएन । म लगायत प्रायः युवाको नियति कस्तो बनिदियो भने, हामी पुराना नेता र नेतृत्वको विरूद्ध बोलेर, लेखेर कहिलै थाक्दैनौं ।

युवाहरुले अवसर पाएनन भन्दै उनीहरुको सत्तोसराप गरिरहन्छौं तर हामीहरु मध्ये केही पाउने आशामा उनीहरुको गुलामीमै रमाउँछौं त कति परिस्थितिसँग जुध्न नसकेर परदेश भासिन्छौं ।

मलाई परदेश बसेर यी कुरा लेखिरहँदा कत्ति पनि खुसी लागिरहेको छैन । तर यथार्थ यही हो, देश बिग्रिनुमा जति पुराना र यथास्थितिवादी नेतृत्वको हात छ, त्यति नै नयाँ पुस्ताका युवाहरुको हात छ, अझ बढ़ी नै होला ।

पञ्चायत फ्यांकेर प्रजातन्त्रको पुनर्वहाली हुँदा म सात वर्षको थिएँ । कम्यूनिष्ट हाम्रा पिताजी पञ्चायतको चुनावमा उपप्रधानमा हारेको व्यक्ति हुनुहुन्थ्यो । ४८ सालको चुनावताका एमालेका (तत्कालीन माले) जिल्ला स्तरीय नेताहरु गाउँ आउँदा हाम्रो घरमा बास बसेको सम्झना छ मलाई ।

किन मदन भण्डारी आफ्नै पाटीको आमसभामा जाँदा बाटोमा मारिए ? किन माओवादीहरु जंगल पसे ? किन कोशि, महाकाली र कर्णाली नदीहरु बेचिए ? किन राजदरबार हत्याकाण्ड भयो ? किन सबथोक लथालिंग पारेका गिरिजालाई राष्ट्रनायक भनियो ? कसरी सुरुंग युद्धका कुरा गर्ने प्रचण्डहरु भारतसंग लम्पसार परे ? कसरी जीउ चिलाए पनि दिल्ली दगुर्ने ओलीहरु रातारात राष्ट्रवादी भए ? कसरी कमल थापाहरु गणतन्त्रमा नाइके भएर व्यवस्थालाई छ्यालब्याल पारे..? यी र यस्तै कैयौं प्रश्नको उत्तर मैले जानेको पनि छैन, पाएको पनि छैन । 

त्यो बेला उनीहरुले दिने प्रशिक्षण अनि कार्यकर्तासँग गर्ने खासखुस म कान लगाएर सुन्थें । एक किसिमले भनू भने म सात वर्षको उमेरदेखि नै राजनीति तर्फ आकर्षित भएको हुँ । त्यसपछिका बाल्यकालीन राजनीतिका शृंखला लामा छन ।

एमालेको कुनै आमसभा छुटाइएन, कुनै सांस्कृतिक कार्यक्रममा सूर्यछाप झण्डा बोकेर नाच्न छुटाइएन, कांग्रेस साथीहरुलाई ‘कालो कांग्रेस’ भनियो, रिस उठेका छिमेकीलाई तेरो घरमा कांग्रेस पसोस भनियो, कांग्रेस बाका छोराहरुले ‘माले, मसाले र मण्डले एउटै हुन’, ‘साठी

पुगेपछि गोली हान्छन, गाइ काटेर खान्छन्’ भन्दा झगड़ा गरियो, बोली बारियो । कक्षा पाँचमा रेडक्रसका प्रतिनिधि छान्न भएको मतदानमा अखिलको तर्फ बाट ३३/३६ भोट ल्याइयो । मदन भंडारीको हत्या हुँदा कैयौं दिन रोइयो, राम्रोसँग भात खाइएन ।

उनै प्यारा नेताको तस्वीर आमसभाबाट चोरेर घरमा ल्याएर सजाइयो (जुन आजसम्म पनि सुरक्षित छ) । तर ५२ सालमा तराई झरेपछि मेरो बाल्यकालीन राजनीति सकियो । त्यसपछि आजसम्म राजनीतिले त्यो रूपमा सोझै प्रवेश पाएको छैन मेरो जीवनमा तर म राजनीतिबाट अछूतो पनि छैन र अछूतो रहन पनि सक्दिन ।

मैले बुझेको राजनीतिले मलेसिया र कोरियाको उन्नति देख्छ, झूठा र कस्मेटिक स्वभिमानको लेप लगाउँदैन । मैले बुझेको राजनीतिले देश कर्मले विश्वमाँझ चिनिनु पर्छ भन्छ, इतिहास र भुगोलको भजनले हैन । प्रश्न अर्को आउँछ अब, मैले बुझेको राजनीतिलाई नेपाली समाजमा स्थापित गर्न सजिलो छ ?

विडम्बना भनूं, राजनीतिमा गहिरो चासो र आठ/दश वर्षे संचार कर्मको अनुभवको बावजूद पनि मैले आजसम्म नेपाली राजनीतिलाई बुझेको चाँही छैन । मैले बाल्यकालमा कांग्रेसलाई किन ‘कालो कांग्रेस’ भनें, किन मेरा कांग्रेस साथीहरुले हामीलाई ‘माले मसाले र मन्डले एउटै हुन’ भने ?

किन मदन भण्डारी आफ्नै पाटीको आमसभामा जाँदा बाटोमा मारिए ? किन माओवादीहरु जंगल पसे ? किन कोशि, महाकाली र कर्णाली नदीहरु बेचिए ? किन राजदरबार हत्याकाण्ड भयो ? किन सबथोक लथालिंग पारेका गिरिजालाई राष्ट्रनायक भनियो ? कसरी सुरुंग युद्धका कुरा गर्ने प्रचण्डहरु भारतसंग लम्पसार परे ?

कसरी जीउ चिलाए पनि दिल्ली दगुर्ने ओलीहरु रातारात राष्ट्रवादी भए ? कसरी कमल थापाहरु गणतन्त्रमा नाइके भएर व्यवस्थालाई छ्यालब्याल पारे..? यी र यस्तै कैयौं प्रश्नको उत्तर मैले जानेको पनि छैन, पाएको पनि छैन । त्यसैले मैले नेपालको राजनीति बुझेकै छैन भन्दा पनि हुन्छ । ‘बुझ्दै नबुझेको मान्छेले किन राजनीतिलाई विषय बनाएर कलम चलाउनु त’ ? प्रश्न यो पनि ऊठ्ला । मेरो उत्तर यस्तो हुनेछ, ‘मैले अर्कै राजनीति बुझेको छु’ ।

हो, मैले बुझेको राजनीतिले मेरो दल भन्दैन, मेरो देश भन्छ । मैले बुझेको राजनीतिले म र मेरा मान्छे मात्र बन्ने कुरा गर्दैन, देश बन्ने कुरा गर्छ । मैले बुझेको राजनीतिले कसैलाई मसीहा मान्दैन, हरेक परिवर्तनको संवाहक जनतालाई सर्वोपरी मान्छ ।

मैले बुझेको राजनीतिले पुर्खाको इतिहास र भुगोलका सौभाग्यका भजन गाउँदैन, पौरख र समृद्धिका शालीन कुरा गर्छ । मैले बुझेको राजनीतिले विकासको लागि प्रतिष्पर्धा भन्छ, टाउको र जूँगाको लागि प्रतिष्पर्धा भन्दैन ।

मैले बुझेको राजनीतिले मलेसिया र कोरियाको उन्नति देख्छ, झूठा र कस्मेटिक स्वभिमानको लेप लगाउँदैन । मैले बुझेको राजनीतिले देश कर्मले विश्वमाँझ चिनिनु पर्छ भन्छ, इतिहास र भुगोलको भजनले हैन । प्रश्न अर्को आउँछ अब, मैले बुझेको राजनीतिलाई नेपाली समाजमा स्थापित गर्न सजिलो छ ?

छैन । म ४७/४८ सालदेखि सिधा बाटो हिंडेको भए सायद यतिबेला एमालेको गाऊँ स्तरको युवा नेता हुन्थें होला । अनि के गर्थें होला ? दलले गरेका गलत कामको ढाकछोप, सामान्य कामको अतिरंजना अनि रटेको सिद्धान्त र मदन–मनमोहनको नामको व्यापार । सायद यही गर्थें होला । वस् !?

सायद मलाई त्यो सजिलो बाटो चाहिएको नै थिएन, मलाई त उन्नत राजनीतिक चेतनाको मार्ग चाहिएको थियो जहाँ म सहिलाई सहि र गलतलाई गलत भन्न सकूँ । विगत २७ वर्ष यता देशले के पायो कुनै दलको सिद्धान्तको रटेको र दलिय आस्थालाई धर्म समान मानेको मेरै उमेर समूहको युवाले जवाफ देओस ।

आज गगन, प्रदीप, योगेश, गोकर्ण, लेखनाथ, हिमाल, वर्षमान, विश्वप्रकाश, रवीन्द्र जस्ता आसलाग्दा युवा त दलका गलत प्रवृत्तिको ढाकछोप गर्न र उनै दोहोरिइ तेहेरिइ रहेका अक्षम नेतृत्वको चाकडीमै रमाउनुलाई आफ्नो राजनीतिक धर्म ठान्छन भने सामान्य युवबाट के आस राख्नु ?

अमर सिह बलभद्रले लडेर देश बँचाएका कुरा, पृथ्विनारायणले गरेका एकीकरणका कुरा, गौतम बुद्धको जन्म र सगरमाथाका अवस्थितिका संयोगका कुरा अनि बि पी, गणेशमान, मनमोहन र मदनका नाम भजाएर राजनीति गर्ने बाहेक काम के भए देशमा ?

एउटा सानो, प्राकृतिक श्रोत साधनले सम्पन्न देशलाई भौतिक र आर्थिक रूपमा विकाशित हुन अनि राजनीतिक चेतनाले परिपक्क हुन कति वर्ष लाग्छ ? २७ वर्ष के कम समय हो ? दक्षिण कोरिया, मलेसिया लगायतका मुलुकले कति समय लगाए आफ्नो पौरखले विश्वभर चिनिन ?

अझै पनि रूखको छहारी, सूर्यको न्यानो, हँसिया हथौडाको गासबास अनि गाईमाताको नाममा धार्मिक ‘इमोसनल ब्ल्याकमेल’ का कुरा गर्दै र पत्याउँदै छौं हामी ?

आज गगन, प्रदीप, योगेश, गोकर्ण, लेखनाथ, हिमाल, वर्षमान, विश्वप्रकाश, रवीन्द्र जस्ता आसलाग्दा युवा त दलका गलत प्रवृत्तिको ढाकछोप गर्न र उनै दोहोरिइ तेहेरिइरहेका अक्षम नेतृत्वको चाकडीमै रमाउनुलाई आफ्नो राजनीतिक धर्म ठान्छन भने सामान्य युवबाट के आस राख्नु ?

त्यसैले माथि नै भनिएको, हो देश बिग्रिनुमा पुराना नेताको भन्दा युवा पूस्ताकै हात बढ़ी छ भनेर । कम्तिमा बूढो पुस्ताले त जेलनेल, हथकड़ी, भूमिगत जीवन र टाउकोको मोलसम्म भोगेको इतिहास साक्षी छ ।

अहिलेको पूस्ता त एक रात जेलमा कटाउन पनि डराउने ‘छेरुवा’ पूस्ता छ । कुनै परिघटनामा एक रात कुनै युवालाई जेलमा बस्न परोस, उत्तिबेलै उहि बूढो नेताको या फोन आउनु पर्छ या उहि बूढो नेता नै छुटाउन आउनुपर्छ । यति लाचार छ आजको पूस्ता ।

लाचारी त तै तै ठिकै पनि थियो, यो पूस्ता मध्येको ठूलो झुण्ड त लालची पनि त्यत्तिकै छ । चुनावको कुरा हुनासाथ आफ्नो पेशा, व्यवसाय छोडेर हात धोएर, न्वारनदेखिको बल लगाएर नेता रिझाउन लागिपरेका देशका सक्षम युवा पूस्ताको लालच हेरिनसक्नु छ ।

दलमा अवद्ध भई पूर्णकालीन राजनीति गरिरहेका युवाहरु प्रति लेखकको कुनै आपत्ति छैन, उनीहरुले चुनाव केन्द्रित गतिविधि गर्नु स्वाभाविक हो । आपत्ति त ती प्रति हो जसको खास परिचय अर्कै हो (पत्रकार हो, कलाकार हो, कर्मचारी हो, शिक्षक हो, बैंकर हो, व्यवसायी हो, जग्गा व्यापारी हो वा वैदेशिक रोजगारी हो, तिनैलाई बढ़ी चुनाव लागेको छ नेता र कार्यकर्तालाई भन्दा ।

आज प्रचण्ड, देउवा, ओली, थापा, यादव र ठाकुरहरुलाई गाली गर्न जति सजिलो छ त्यति नै गाह्रो छ युवा पूस्तालाई आफ्नो असली अनुहार ऐनामा आफैले हेर्न । यही पूस्ता मध्येकै केहि झुण्ड अहिले मरिमेटेर पुराना नेतृत्वलाई गाली गर्न लागिपरेको छ । यो झुण्डले विकल्पको कुरा त गरिरहेको छ तर मनैदेखि परिवर्तन चाहिरहेको छैन ।

कारण एउटै छ ‘लालच’ । देशको लागि सबैभन्दा खतरनाक धमिरा नै यिनै लालची युवा हुन, जो राजनीतिज्ञसंग आफ्नो पेशागत विज्ञताको लेनदेन गर्छन अनि आफ्नो नियमित पेशालाई राजनीतिको आडमा माथि पूर्याउने एउटै उद्देश्य बोक्छ्न । यिनीहरुलाई दलहरुको उतिसारो चिन्ता हुँदैन तर चिन्ता अघ्घोरै प्रकट गर्छन सामाजिक संजालहरुमा । किनकि यिनीहरुलाई ‘लाइमलाइट’मा देखिनुछ ता कि सके त चुनावमै बिना योगदानको उम्मेदवारी पड़काउन पाइयोस नसके चुनाव पछिको लेनदेनको लागि नेताले यिनलाई खोजुन ।

आज प्रचण्ड, देउवा, ओली, थापा, यादव र ठाकुरहरुलाई गाली गर्न जति सजिलो छ त्यति नै गाह्रो छ युवा पूस्तालाई आफ्नो असली अनुहार ऐनामा आफैले हेर्न । यही पूस्ता मध्येकै केहि झुण्ड अहिले मरिमेटेर पुराना नेतृत्वलाई गाली गर्न लागिपरेको छ । यो झुण्डले विकल्पको कुरा त गरिरहेको छ तर मनैदेखि परिवर्तन चाहिरहेको छैन ।

अर्को झुण्ड छ जो राजनीतिलाई सामयअनुकूल प्रयोग गर्न खप्पिस छ, आफू कुनै न कुनै पेशामा स्थापित छ, आर्जन पनि राम्रो छ तर नाम र दाम ‘डबल’ गराउन चाहन्छ । यो झुण्ड अहीले सामाजिक संजालमा र सार्वजनिक संचारमा आफ्ना कलात्मक प्रस्तुति मार्फत नेता रिझाउन लागिपरेको छ ।

४६ सालमा प्रजातन्त्र आएपछि जन्मेका युवा नै आज २७/२८ वर्षका भए । कोहि त बाल बच्चाका बाबुआमा समेत भए होलान । यो समयअवधि भित्र पनि नआएको राजनीतिक चेतना कैले आउँदोरहेछ, हेर्दै जाऊँ ।