joggingशरिरको फिटनेसका लागि सबैभन्दा सहज व्यायाम दौडिनु हो । दौडिने कार्यलाई अन्य व्यायाम भन्दा सहज मानिन्छ । दौडनका लागि कुनै खास समय, अवस्थाको आवश्यकता पर्दैन । जिम जान या अन्य खाले व्यायामका लागि केही खास तयारीको आवश्यकता पर्छ तर, दौडिँदा भने यसको कुनै आवश्यकता पर्दैन । दौडिनका लागी एक जोर दौडिनका लागी प्रयोग गरिने ग्रिप भएको जुत्ता र शरिरलाई सहज हुने खालको कपडा नै काफी हुन्छ ।

तर, दौडिने क्रममा केही कुराहरू भने अवस्य विचार गर्नुपर्छ । दौडिने क्रममा कहिलेकाँही गरिने लापरबाहीका कारण तपाईले निकै ठुलो संकट समेत भोग्नु पर्ने हुन सक्छ ।

दौडिनका लागि केही नियमित प्रक्रियालाई अनुशरण गर्नु आवश्यक मानिन्छ । तपाईले खाने खाना र नियमित प्रक्रियामा विचार गर्नु निकै आवश्यक हुन्छ । खाने खानाका बारेमा कुरा गर्दा तपाईले खाने खानामा कार्बोहाइड्रेड र प्रोटीन निकै धेरै हुनुपर्दछ । यसले दौडिने समयमा तपाइको शरिरलाई उर्जा प्रदान गर्छ । यसको अभावमा शरिरमा दवाव पर्ने गर्छ र बढी जोड लगाउँदा तपाईको शरिरमा चोटपटक लाग्न सक्ने या हड्डीमा चोट लाग्न सक्छ ।

पहिलो पटक धेरै दौनिनु हुँदैन । सुरूवातकै चरणमा निकै लामो दौड गर्दा मांशपेशीहरूमा असर गर्न सक्छ । त्यसैले सकेसम्म दौडिने क्रमलाई बिस्तारै बढाउँदै लैजाने गर्नु उपयुक्त हुन्छ र सकिन्छ भने कुनै विशेषज्ञको सल्लाह लिनु निकै फाइदाजनक हुन्छ ।

दौडिने क्रममा आफ्नो क्षमताले धान्ने भन्दा बढी दौडने प्रयास गर्नुले स्वास्थ्यलाई फाइदा नै बढी पुर्याउँछ । शरिरको क्षमता अनुसार नै दौडने दुरी तय गर्नु पर्छ ।