धर्मग्रन्थ महाभारतबारे जानकारी नहुने कमै छन् । कौरव र पाण्डवको कथा तथा युद्धको यो महाकाब्यमा विभिन्न घटना छन् ।

जस मध्ये पाँच पाण्डवकी एक मात्र पत्नि रहेको तथ्य पनि धेरैलाई थाहा छ । तर पाण्डवहरुले ५ भाइकी एक मात्र पत्निको विषयमा बनाएको नियमबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।

draupadi mahabharat 1

पाँच भाइ पाण्डवले द्रौपदीसँग विवाह गरेपछि नारदमुनी एक पटक पाण्डव भेट्न आएका थिए । उनले पाण्डवलाई सुण्ड-उपसुण्ड नामक राक्षसका २ भाइको कथा सुनाए । देवतालाई समेत जितेका ती २ भाइले पछि एक स्त्रीका कारण आपसमा मारा-मार गरेर सिद्धिएका थिए ।

draupadi mahabharat

नारदले पाण्डबकोबीचमा यस्तो नहोस् भन्नका लागि एउटा नियम बनाउन सुझाव दिए । त्यसपछि पाण्डवहरुबीच एक भाइ द्रौपदीसँग रहेको समयमा अर्को भाइ नजाने र एकान्त समयमा कुनै दखल नदिने नियम बनाए । यो नियम उल्लङ्घन गर्नेलाई १२ वर्षको बनबास सजाय हुने नियम समेत थियो ।

अर्जुनले नियम तोडेका थिए

एक पटक एक ब्राम्हण रुँदै आएर अर्जुनलाई गाइ चोरी भएको बताए । त्यो बेला सबै हतियारहरु जेठा युधिष्ठिरको दरवारमा थिए । त्यतिनै बेला उनी द्रौपदीसँग एकान्तमा बसिरहेका थिए । अर्जुनले नियम तोडेर हतियार लिएर गाइ चोर्ने डाँका भगाए तर नियम तोडेर उनी १२ वर्ष सम्म बनबास बस्नु पर्‍यो ।

द्रौपदीः महाभारतको युद्द र रहस्य

कृष्णको हत्या कसरी भयो, कृष्ण पश्चात पाण्डवको के भयो