२४ असार, धनगढी ।

सात नम्बर प्रदेशको एक मात्रै धनगढी उप–महानगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांगेसले बाजी मारेको छ । मेयरमा कांग्रेसका नृपबहादुर वडले १४ हजार ३२४ मत ल्याए भने उनका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाए।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी सुशीला मिश्र भट्ट भारी मतले विजयी भएकी छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी रुक्मणी देवकोटालाई ४ हजार ६४५ मतले पछि पार्दै उपमेयरमा जित हासिल गर्न सफल भइन् । भट्टले १७ हजार ४०८ मत पाउँदा उनकी प्रतिद्वन्दी देवकोटाले १२ हजार ७६३ मत ल्याइन ।

यस्तै धनगढीका १९ वटा वडा मध्ये कांग्रेसले  १२, माओवादी केन्द्रले ४ र एमालेले ३ वडामा जित हात पारेका छन्।