२६ असार, इटहरी । धरान उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रमुखमा तारा सुब्बाले १४ हजार ७२० तथा उपप्रमुखमा मञ्जु भण्डारीले १४ हजार ९६४ मत प्राप्त गरेका छन ।

त्यस्तै प्रमुखमा नेपाली काँग्रेसका तिलक राईले ११ हजार १६२ तथा उपप्रमुखमा श्यामा रेग्मीले १० हजार ७५३ मत प्राप्त गरेका छन ।

धरान उपमहानगरको २० वटा वडामध्ये ११, १५, १७, १८ र १९ को मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५३ हजार ८१२ मत खसेको थियो ।