२४ असार, इटहरी । धरान उपमहानगरको पछिल्लो मतगणनाको नतिजाअनुसार नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार तारा सुब्बाले १२ हजार २७३ तथा उपप्रमुखमा मञ्जु भण्डारीले १२ हजार ३३४ मत ल्याई अग्रता कायम गरिरहेका छन ।

मतगणनाको नतिजाअनुसार नेपाली काँग्रेसका तिलक राईले १० हजार ३९४ तथा उपप्रमुखमा श्यामा रेग्मीले नौ हजार ९७२ मत ल्याएर एमालेलाई पच्छ्याई रहेका छन ।

धरान उपमहानगरका २० वटामध्ये ११, १५, १७, १८, १९ र २० नम्बर वडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।