८ असार, धरान ।

आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीले धरान उपमहानगरपालिकामा अन्य साना दलहरुसँग तालमेल गर्ने बताएको छ ।

धरानमा आज पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पाटी, सघीय लिम्बुवान मञ्च, सघिय खम्बुवान, लोकतान्त्रिक पार्टी, नेकपा माले, नेकपा सयुक्तबीच तालमेल गर्ने गरी तीनवटा वु“दामा हस्ताक्षर गरेका छन् ।

अव धरान उपमहानगरपालिकाको प्रमुखमा अरु सबै पार्टीले माओवादी केन्द्रका आइन्द विक्रम वेघालाई र उपप्रमुखमा संघीय समाजवादी फोरमका पारस काङमाङ राईलाई मतदान गर्ने सहमति भएको छ ।

त्यस्तै नगरकार्यपालिकाको निर्वाचनमा नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पाटी, सघीय लिम्बुवान मञ्च, सघीय खम्बुवान, लोकतान्त्रिक पार्टी, नेकपा माले र नेकपा सयुक्तलाई २ सदस्य पदमा माओवादी केन्द र सघीय समाजवादी फोरमले सहयोग गर्ने सहमती भएको छ ।

उपमहानगरपालिकाको २० वटै वडामा परिस्थिती र वस्तुगत आवश्यकता अनुसार तालमेल गर्दै अघि बढने सहमती भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रा पोलिटव्युरो सदस्य एवम् सुनसरी निर्वाचन परिचालन समितिका संयोजक मुक्साहाङ मेन्याङ्वोले देशले पाएको उपलब्धीलाई संस्थागत गर्न तथा धरान उपमहानगरपालिकाको समग्र विकासका लागि गठबन्धनबीच तालमेल गरेर चुनाव लड्ने सहमति भएको बताए ।