२६ असार, काठमाडौं । असार १४ मा दोस्रो चरणको चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब धरान उपमहानगरपालिकाको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ ।

प्राप्त पछिल्लो परिणाम अनुुसार प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेको अग्रता कायमै छ । प्रमुख पदका उमेद्बार तारा सुब्बाले १५ हजार ४ सय ३५ मतका साथ अग्रता बनाएका छन् । नेपाली काँग्रेसका तिलक राईले १२ हजार ६ सय ९८ मतकासाथ सुब्बालाई पछ्याइरहेका छन् ।

उपप्रमुखमा एमालेकै मन्जु भण्डारीको अग्रता छ । उनी १५ हजार ६ सय ९४ मतका साथ अगाडि छिन् भने कांग्रेसकी श्याम रेग्मीको ११ हजार ५ सय ५३ मत छ ।

गणनाका क्रममा दलहरुबीच विवाद हुँदा पटक पटक अवरोध भएपछि गणनामा ढिलाइ भएको हो । अब कुनै अवरोध नभए आज रातिसम्म धरानको अन्तिम परिणाम आउन सक्छ । धरानमा अब ३ वटा वडाको मात्रै मतगणना बाँकी छ ।