काठमाडौं ।

शनिबार देखि दशैंको नवरात्रि शुरु भएको छ । यस पटकको नवरात्रिमा विशेष संयोग परेको छ । सामान्यतः नवरात्रि नौ दिनको हुन्छ तर यस पटक भने नवरात्रि १० दिनको छ । यस्तो शुभ संयोग १५ वर्ष पछि परेको ज्योतिषहरुले बताएका छन् ।

ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ काम

नवरात्रिको १० दिनमा दुर्गा भवानीको विशेष पुजा गरिन्छ । देवीको भक्तिमा डुब्ने भक्तजनहरुले उपबास गर्छन् भने देवी दुर्गाको मुर्ति स्थापना गरेर कलश स्थापना गरिन्छ ।

durga dashain (2) सुत्ने समयमा यी ७ गल्ती भुलेर पनि नगर्नुस्

दुर्गा सप्तशतिका अनुसार नवरात्रिमा यी १० काम भुलेर पनि गर्नु हुँदैन ।

१- नवरात्रिको सममया उपबास गर्नेहरुले दरी, कपाल वा जुङ्गा काट्नु हुँदैन ।
२- कलश स्थापना भएपछि घरको ढोका लगाएर खाली छोड्नु हुँदैन ।
३- ९ दिन सम्म सात्विक भोजन गर्नु पर्छ । नवरात्रिमा माछा मासु, लसुन प्याज सेवन गर्नु हुँदैन ।

durga dashain (1)

४- उपबास गर्ने ब्यक्ति ब्रत बस्दा अन्नको सेवन गर्नु हुँदैन ।
५- विष्णु पुराणका अनुसार नवरात्रिको व्रतको समयमा दिउसोको समयमा सुत्नु हुँदैन ।
६- उपबास बस्दा मदिरा सेवन गर्नु बर्जित छ ।
७- ब्रतको समयमा चुरोट खैनी पनि सेवन गर्नु अशुभ मानिन्छ ।
८-व्रतको समयमा शारीरिक सम्बन्ध राख्दा ब्रतको फल प्राप्त नहुने धर्म शास्त्रमा उल्लेख छ ।
९- महिलाले माषिक धर्मको समयमा दुर्गा पुजा गर्नु हुँदैन ।
१०- माषिक धर्मको सात दिन सम्म दुर्गा पुजा वर्जित गरिएको छ । यो समयमा उपबास पनि बस्नु हुँदैन ।

यस कारण भुलेर पनि नराख्नुस् विवाहितसँग सम्बन्ध
के ब्रतको समयमा सेक्स गर्न हुन्छ ?