एजेन्सी । भारती क्रिकेट टिमका ओपनर शिखर धवन औंलामा चोट लागेपछि घाइते भएका छन् । यहि कारण उनी कम्तीमा ३ साता प्रतियोगिताबाट बाहिर रहनेछन् ।

९ जुनमा अष्ट्रेलियाविरुद्धको म्याचका क्रममा उनलाई चोट लागेको थियो । परीक्षणका क्रममा उनको औंला फ्र्याक्चर भएको पाइएको हो । उनले यहि चोटका कारण विश्वकपका बाँकी सबै खेल गुमाउने हो कि भन्ने आंशका चलिरहेको छ । धवनका फिजियोथेरापिष्ट पेट्रिक फरहार्टको निगरानीमा उनको उपचार चलिरहेको छ ।

भारतीय टिमको अर्को म्याच जुन १३ मा न्यूजिल्याण्डसँग हुनेछ । रिपोर्ट अनुसार उनले कम्तीमा ३ हप्ता खेल बाहिर रहने पक्का छ । उनको स्थानमा श्रेयज आयरलाई ल्याउन माग गरिएको छ । अष्ट्रेलियाविरुद्धको खेलमा म्यान अफ दि म्याच चुनिएका धवनले १ सय १७ रन बनाएका थिए ।