भक्तपुर, २५ माघ ९रासस० ः धार्मिक पर्यटनको विकासका लागि सूर्यविनायक नगरपालिकाले शिव सर्किट निर्माण गर्ने भएको छ । 

‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने मूलनाराका साथ नगरपालिकाले शिव सर्किट निर्माण गर्न लागिएको हो । सूर्यविनायक नगरपालिका– १ देखि १० सम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुमा एउटै रुटबाट पुग्न सकिने गरी शिव सर्किट निर्माण गर्न लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र यस नगरपालिकाभित्र रहेको ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले शिव सर्किट निर्माण गर्ने भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । 

अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करीब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध शिव मन्दिरमा पुग्न एउटै बाटो प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गर्न लागिएको हो । 

नगरपालिकाकाको बालकोटमा रहेको धर्मेश्वर, सिरुटारमा रहेको गुप्तेश्वर र सोमलिङ्गेश्वर, दधिकोटमा रहेको चरखण्डीश्वर, गुण्डुमा रहेको अनन्तलिङ्गेश्वर, कटुञ्जेमा रहेको सुवर्णेश्वर, सूर्यविनायकमा रहेको रामभक्तेश्वर, सिपाडोलमा रहेको डोलेश्वर, आशापुरेश्वर, नंखेलमा रहेको नन्दीकेश्वर, चित्तपोलमा रहेको लटरम्वेश्वर मन्दिर जोड्ने गरी शिव सर्किट निर्माण गर्न लागेको हो । 

यी मन्दिरसँगै यस क्षेत्रमा रहेको धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्र र अन्य प्रसिद्ध मन्दिरलाई समेत समेटेर निर्माण हुने शिव सर्किटले धार्मिक पर्यटन प्रर्बद्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख थापाले बताउनुभयो । 

नगरप्रमुख थापाले रासससँग भन्नुभयो,“शिव सर्किटलाई यस नगरपालिकाको पहिचानका रुपमा अगाडि बढाउँदै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ काम गरिरहेका छौँ, नगरपालिकाले शिव सर्किटको सर्वे गर्ने काम सम्पन्न गरिसकेको छ, अहिले विस्तृत अध्ययन परियोजना ९डिपीआर० तयार पार्ने काम भईरहेको छ ।” 

उहाँले करीब एक महीनाभित्रै लगानीको टुङ्गो लगाएर बोलपत्र आह्वान गरी आगामी दुई वर्षभित्र शिव सर्किटको सबै काम सम्पन्न गर्ने गरी काम अगाडि बढाएको जानकारी दिनुभयो । नगरपालिकाको १० वटै वडालाई जोड्ने गरी सडक सञ्जाल निर्माण भइसकेको छ, भने आगामी दिनमा यी सडकलाई पक्की गर्ने काममा नगरपालिका लागिरहेको प्रमुख थापाको भनाइ छ । 

सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत विकास गरेर पर्यटकलाई आकर्षित पार्ने योजना नगरपालिकाले अगाडि बढाएको वडा नं– ८ का वडाअध्यक्ष एवं नगरपालिकाका सामाजिक विकास समितिका संयोजक किरण थापाले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले एकीकृत शहरी विकास गुरुयोजना पनि बनाइरहेको उहाँले बताउनुभयो । 

स्थानीय बासिन्दा समेत रहनुभएका प्रतिनिधीसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिकाका बासिन्दाको आर्थिक विकासका लागि धार्मिक पर्यटनको विकासलाई जोडेर लाने योजना बनाएको बताउनुभयो । 

उहाँले सूर्यविनायक नगरपालिका प्राकृतिक सौन्दर्यको रानीका रुपमा रहेको उल्लेख गर्दै यो नगरलाई पर्यटकीय आकर्षकको क्षेत्रका रुपमा विकास गर्दै होमस्टेको प्रवद्र्धन समेत गरिने बताउनुभयो । 

उहाँले रानीकोट, अनन्तरलिङ्गेश्वरमा भ्यूटावर बनाउने, होटल भित्र्याउने, साँगामा रहेको कैलाशनाथ महादेवसम्म पुग्न मूलसडकबाट झोलुङ्गे पुल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । झोलुङ्गेपुल निर्माण गर्न स्थानीय कृषि सडक तथा पूर्वाधार विकास ९डोलिडार० ले रु दुई करोड ६० लाख बजेट विनियोजन गरेको बताउँदै उहाँले रानीकोटमा भ्यूटावर बनाउन रु एक करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । 

सूर्यविनायकको विकासले आगामी चार वर्षभित्र मुहार नै फेरिने उहाँले बताउनुभयो । 
–––