१२ भदौ, सप्तरी ।

धुर्मुस सुन्तली फाउण्डेशनको टोलिले सप्तरीका बिभिन्न छ वटा सरकारी बिद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको छ ।

निरन्तरको बर्षाका कारण बाढीले पिडित बनेका तराईबासीलाई राहत बितरण गर्न र पिडितहरुको उद्धारका लागि तराई झरेका चर्चित हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ को पहलमा फाउण्डेशनले १ हजार बालबालिकाका लागि उक्त सामाग्री बितरण गरेको हो ।

राहत बितरणमा धुर्मुसले भयमुक्त र सुरक्षित रहनको लागि सबैलाई मनोरञ्जन प्रदान गदैं उक्त सामाग्री बितरण गरे ।

 

‘बालबालिका भविष्यका कर्णधार हुन्’ भावुक मुद्रामा धुर्मुसले भने ‘उनिहरुलाई हेरबिचार गर्न, सुरक्षित राख्न र शिक्षा दिक्षामा सबैले ध्यान दिन जरुरी छ त्यसैले हामीले बिद्यालयमा शैक्षिक बातावरण तयार होस भन्नका लागि यसखाले शैक्षिक सामाग्री बितरण गरेका हौं ।’

६ वटा सरकारी बिद्यालयमा अध्ययन गर्ने १ हजार बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको हो । फाउण्डेशनले बितरण गरेको उक्त सामाग्रीमा झोला, १ दर्जन कापी, १ दर्जन सिसा कलम, १ दर्जन कलम, टिफिन बक्स, ज्योमेट्रि बक्स, पानि पिउने बोतल सहितको प्याकेज समावेश छन्