८ माघ, महोत्तरी ।

महोत्तरीको बर्दिबास नगरपालिका दुुईमा धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण बा-ह दिनमै १५ प्रतिशत भन्दा बढी सकिएको छ ।

बस्तीमा निर्माण हुने ५० वटा घर मध्य ४० वटा घरको जग खनि सकिएको छ । ३२ वटा घरको जग उठाउने काम पनि सकिएको छ । बस्ती निर्माणमा करीब १ सय मुसहरले दैनिक श्रमदान गरिरहेका छन् ।

आगामी नयाँ बर्षसम्ममा बस्ती हस्तान्तरण गर्ने गरि सुन्तली धुर्मुस फाउण्डेसनले काम गरिरहेको छ । राष्ट निर्माण तपाई हाम्रो अभियान भन्ने मुल नाराका साथ धुर्मुस सुन्तली फाउन्डेसनले मुसहर बस्ती निर्माण गरिहेको हो ।

यसअघि सुन्तली धुर्मुसले काभ्रे र सिन्धुपाल्चोकमा भुकम्पले क्षतिग्रस्त दुई नमूना बस्ती बनाएका थिए ।