महाभारतलाई इतिहासमा सबैभन्दा ठूलो युद्ध मानिन्छ । करोडौँको ज्यान जाने गरी दाजुभाइ बीचको दुश्मनीका कारण घमासान युद्ध भएको थियो । यस युद्धको एक कारण हस्तिनापुरका राजा धृतराष्ट पनि थिए । धृतराष्टले के–के गल्ती गरेका थिए, पढ्नुहोस् ।mahabharat 534264315

– धृतराष्ट्र पाण्डुका दाइ थिए तर उनी नेत्रहीन भएकाले मन्त्री विदुरले नेत्रहीन व्यक्ति राजा बन्न नसक्ने तर्क गरेपछि पाण्डुलाई राजा बनाइयो। यो कुरा धृतराष्ट्रलाई मन परेन र उनीभित्र एक प्रकारको द्धेष बढ्दै गयो ।

– यता शकुनी हस्तिनापुरको विनाश चाहान्थे । यो कुरा भीष्म र विदुरले धेरै पटक धृतराष्ट्रलाई भनेका थिए, तर धृतराष्ट्रले शकुनीलाई आफ्ना शुभचिन्तक मानिरहे । परिणाम स्वरुप शकुनीले भान्जा दुर्योधनको मनमा पाण्डवप्रति यति रिस जगाए, पाण्डव दाजुभाईलाई आफ्ना शत्रु मान्न थाले दुर्योधन ।

यो पढ्नुस्: दुर्योधनले गरेका ३ गल्ती

– दुर्योधनको जन्मिएको समयमा ज्योतिषिहरुले भनेका थिए, दुर्योधन कुरुवंशका विनाशका कारण बन्नेछन् । दुर्योधनलाई राजमहलमा नराख्ने सल्लाह धृतराष्ट्रलाई दिइएको थियो, तर उनले त्यसो गरेनन् । अन्ततः ज्योतिषिहरुको भविष्यवाणी पुग्यो ।

यो पढ्नुस्: महाभारत कथा: दुर्योधनको जन्ममा अशुभ सङ्केत

– सँधै धृतराष्ट्रले दुर्योधनको गल्तीलाई ढाकछोप अथवा माफि दिने गर्दथे । पार्णाव्रतमा पाण्डवहरुलाई लाक्षागृहमा जलाएर मार्ने योजना बुनेका दुर्योधनको गल्तीमाथि धृतराष्ट्रले पर्दा हाल्ने काम गरेका थिए ।

– दुर्योधनको महत्वाकांक्षा पुरा गर्न धृतराष्ट्रले हस्तिनापुरलाई विभाजन गरे । विभाजनका क्रममा पाण्डवहरुको भागमा ढुंगै–ढुंगा भएको जमिन पर्यो । धृतराष्ट्रको यो व्यवहारले पनि पाण्डवहरुलाई निराश बनाए ।

– दुर्योधनले द्युत क्रिडाको बाहानमा पाण्डवहरुमाथि वेइमानी गर्दैछन् भन्ने धृतराष्ट्रलाई थाहा थियो । यो थाहा हुँदाहुँदै पनि पाण्डवहरुलाई द्युत क्रिडाका लागि बोलाएका थिए । जहाबाट कौरव र पाण्डवबीचको दुश्मनी झन् बढेको थियो ।

– द्युत क्रीडा भवनमा धृतराष्ट्रको अगाडि दुर्योधनले द्रोपतीलाई निर्वस्त्र गर्ने आदेश दिएका थिए । धृतराष्ट्र मौन थिए दुर्योधनको यस्तो आदेशप्रति । धृतराष्ट्रको मौनता प्रतिरोधमा परिणत भयो, जसका कारण दुर्योधन र दुशासनलाई मृत्यु मिल्यो ।

– द्रोपदीको अपमानपछि पनि धृतराष्ट्रको आँखा खुलेन र फेरि उनले द्युत क्रीडाका लागि आमन्त्रण गरे । जसको परिणाम स्वरप पाण्डवहरुलाई वनवास र अज्ञातवास भोग्नु पर्यो ।

– भीम र विदुरले लाखौँ पटक सम्झाए पनि धृतराष्ट्र भने सँधै कौरव र पाण्डवबीच दुरी बढाउने काम गरिरहे । ठूलाबढाले सम्झाएपनि उनले महाभारतको युद्धको आज्ञा दिए ।

यो पढ्नुस्।

महाभारत युद्धमा हरेक दिन श्रीकृष्ण बदाम खान्थे, एक व्यक्तिलाइ मात्र थाह थियो रहस्य

पक्षीको आँखा, अर्जुनको धनुष र दुर्योधनको ईर्ष्या- महाभारतको रोचक अनि प्रेरणादायी कथा