हामीले सँधै ‘कम सुत्नु’का खतराहरू सुन्दै आइरहेका थियौँ। तर अर्को दृश्टिकोणले हेर्दा धेरै सुत्नुका पनि केहि खतराहरू रहेछन्।

‘निन्द्रा’को बारेमा हाल थुप्रै अनुसन्धानहरू भैरहेका छन् र ‘आराम’ले हाम्रो शरीर र दिमागलाई कसरी प्रभाव पार्दछ भनेर जान्न पाइरहेका छौँ। ‘सुत्नु’ले साधारणतया शरीरले स्वतः मर्मतसम्भार गर्ने समयलाई बुझाउँदछ। त्यसैले सुताईको मात्रा कम भयो भने अनेकौँ शारीरिक तथा मानसिक समस्याहरू आउन सक्छन्।Oversleeping

त्यसो भए, ‘जति धेरै सुत्यो त्यति राम्रो’ हो त?

विज्ञहरू भन्छन्, “होइन!” बिस्तारामा धेरै समय बिताउँदा पनि थुप्रै समस्याहरू आउन सक्ने प्रमाण वैज्ञानिकहरूले फेला पारेका छन्।

के म धेरै सुत्दै छु?

सर्वप्रथम त, ‘धेरै सुत्नु’ भनेर केलाई भनिन्छ बुझौँ! वैज्ञानिकहरूको लामो अनसुन्धानबाट सबैभन्दा उचित ‘सुत्ने समय’ भनेको ८ घण्टा हो भनेर पत्ता लागेको थियो। ‘नेशनल स्लीप फाउण्डेसन’का वैज्ञानिकहरूका अनुसार, ७ देखि ९ घण्टा बीचको समय नै १८ देखि ६४ वर्षका व्यक्तिहरूका लागि उचित सुत्ने समय हुन जान्छ।Number of essential sleep hours

धेरै सुत्दा शरीरमा कस्तो असर पर्दछ?

वैज्ञानिकहरूका अनुसार, धेरै सुत्ने बानीले निम्न प्रकारका समस्याहरू (व्यक्ति अनुसार) आउन सक्छन्ः

१. डिप्रेसन

‘धेरै निन्द्रा’ लाग्नुलाई डिप्रेसनको सम्भावित लक्षण पनि मानिँदै आएको छ। तथापी, अधिकांश डिप्रेसन बिरामीहरूले भने निन्द्रा नलागेको बताएका थिए। करीब १५% डिप्रेसन रोगीहरू धेरै सुत्ने गर्छन्।

२. बढि दुखाई

अधिकांश समयमा हामीलाई दुखाई भैरहेको बेलामा आराम गर्दा वा सुत्दा राहत मिल्ने गर्छ। तर कहिलेकाहिँ धेरै सुत्दा पनि अनावश्यक दुखाई हुने अनुसन्धानबाट देखिएको छ।

ढाड दुख्ने समस्या छ भने धेरै सुत्दा झन् बढि दुख्ने हुन्छ, यो त सबैले याद गर्नुभएकै होला। तर यसमा धेरै कुराले प्रभाव पारिरहेको हुन्छ। सुत्ने पोजिसन नमिलेमा, ओच्छ्याइएको डसना धेरै साह्रो अथवा धेरै गिलो भएमा पनि ढाड दुखाई बढि हुन सक्छ।

धेरै सुत्ने बानी र ‘टाउको दुख्ने’ समस्याको बीचमा पनि गहिरो सम्बन्ध रहेको अनुसन्धानबाट पत्ता लागेको छ। अत्याधिक सुताईले माइग्रेन तथा चिन्ता रोगमा तीब्रता हुने पनि सो अनुसन्धानबाट पत्ता लागेको हो।

३. प्रजननशक्तिमा जोखिम

कोरियाली वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट के पत्ता लागेको थियो भन्दा, ७/८ घण्टा सुत्ने महिलाहरूको प्रजनन शक्ति (५३%) ५/६ घण्टा सुत्ने महिलाहरू (४६%) वा ९/१० घण्टा सुत्ने महिलाहरूको (४३%) भन्दा बढि रहेको थियो। त्यसैले साधारण समयभन्दा घटि अथवा बढि सुत्दा महिलाहरूको हरमोनमा प्रत्यक्ष नकारात्मक असर पर्ने कुरा उक्त खोजबाट थाहा पाउन सकिन्छ।

४. मधुमेह

हामीले खाएका खानेकुराहरूमा हुने गुलियोलाई, सुतेको बेलामा शरीरले पचाउने काम गर्दछ। शरीरको यो क्षमतालाई ‘ग्लुकोज टोलरेन्स’ (Glucose Tolerance) भनिन्छ। यदि हामी साधारण समयभन्दा कमि अथवा बढि सुतेमा, शरीरको यो क्षमता अनियन्त्रीत हुन थाल्दछ र पर्याप्ता मात्रा गुलियो पदार्थलाई पचाउन असमर्थ हुन्छ। जसले गर्दा शरीरमा चिनी (गुलियो) को मात्रा बढि भइ मधुमेह हुन जान्छ।

५. मोटोपना

क्यानेडामा भएको एक खोजबाट ‘धेरै अथवा कम सुताई’ र ‘मोटोपना’को सम्बन्धको बारेमा जानकारी प्राप्त भएको थियो। उचित समयभन्दा कमि अथवा बढि सुत्नेहरूलाई मोटोपना हुने सम्भावना २१% ले बढेको उक्त खोजबाट पत्ता लागेको थियो। यसको कारण भनेकै शरीरमा चिनीको मात्रा बढि हुनु हो।

६. मुटुसम्बन्धि रोग

हालै युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धाकर्ताहरूले सुताई र मुटुरोगबीचको सम्बन्ध पत्ता लगाउन एक अनुसन्धान गरेका थिए। सो अनुसन्धानबाट दैनिक ८ घण्टा सुत्ने मानिसहरूलाई मुटुसम्बन्धि रोग लाग्न सक्ने सम्भावना ४६% रहेको पत्ता लागेको थियो भने ८घण्टा भन्दा बढि सुत्नेहरूलाई ४ गुणा बढि सम्भावना रहेको पत्ता लागेको थियो।

धेरै सुत्ने बानीलाई कसरी हटाउने?

‘बानी’ भनेको हामीले चाहेअनुसार परिवर्तन गर्न सकिने कुरा हो। यदि तपाईँको धेरै सुत्ने बानी छ भने त्यसलाई हटाउने एउटै उपाय भनेको ‘कम सुत्ने’ नै हो। तर कसरी? एकैदिनमा यो सम्भव छैन, समय लाग्न सक्छ। तर तपाईँको मुटु अनि शरीरको स्वास्थ्यको कुरा छ, जति समय लागेपनि त्यो बानीलाई हटाइहाल्नु उचित हुन्छ।

  • तपाईँलाई आवश्यक पर्ने निन्द्राको समयको मूल्याङ्कन गर्नुहोस्। तर ८ घण्टा भन्दा बढि नहोस्।
  • उठ्ने समयलाई निर्धारण गर्नुहोस्। कार्यालयको समय अथवा परिवारको चाहनाअनुसार आफ्नो उठ्ने समयलाई निर्धारण गर्न सकिन्छ।
  • हरेक दिन त्यहि समयमा उठ्ने बानी गर्नुहोस्। बिदाको दिन होस् या कामको दिन, त्यहि समयमा उठ्नुहोस्।
  • कोठाभरी नै आलरम घडी राख्नुहोस्। जब आलरम बज्छ, उठिहाल्नुहोस्। स्नुज गर्ने काम नगर्नुहोस्। सकेसम्म घडीलाई सुतेको ठाउँबाट टाढै राख्नुहोस्।
  • हरेक रात एउटै समयमा सुत्ने गर्नुहोस्।
  • यहि तालिकालाई दृढ भएर कम्तीमा पनि २ हप्ता पालना गर्नुहोस्। अनि आफैले फरक पाउन सक्नुहुन्छ।

यो तालिका अपनाएर तपाईँको सुत्ने बानीमा सुधार आयो र पछि फेरि त्यस्तै ‘धेरै सुत्ने’ बानी लाग्यो भने चाहिँ अब स्वास्थ्य चौकी जानुपर्ने बेला भयो भनेर बुझ्नुहोस्। माथि नै उल्लेख गरेअनुसार, यस्तो बानी भनेको विभिन्न खतरनाक समस्याको लक्षण हुन सक्छ।

मानिसको लागि निन्द्रा अपरीहार्य छ, गुणस्तर र मात्रा दुवै कुरामा निन्द्रालाई नियन्त्रण गर्नुपर्दछ।
यो पनि हेर्नुहोस्-
सुतीसुती मोटोपना घटाउने ५ उपाय
सँधै एकैप्रकारको खाना खानु ठीक कि बेठीक?
तौल बढाउने ३ प्राकृतिक तरिका
मेथी खानुका फाइदा र बेफाइदा
चिया पिएर निन्द्रा भाग्दैन, बरु आउँछ
निन्द्रा लाग्दैन? ६० सेकेण्डमै निदाउन यस्तो गर्नुहोस्