-कुशल श्रेष्ठ

आर्थिक तथा अनलाइन बैङ्कका वेबसाइटहरूको कुरा छोड्दिउँ, कमसेकम हामीहरू एन्टिभाइरस विक्रेताहरूले हाम्रो व्यक्तिगत तथा संवेदनशील डाटाहरूलाई गोप्य तथा सुरक्षित राखोस् भन्ने चाहन्छौँ। यदि यस्ता विक्रेताहरूबाटै लापरबाही भयो भने, हाम्रो व्यक्तिगत डाटाहरू गोप्य राख्नुको कुनै मतलब नै हुँदैन।

सबैभन्दा उत्कृष्ट र सबैले मन पराएका कम्प्युटर सेक्युरिटी र एन्टिभाइरस कम्पनी ‘बिट डेफेन्डर’ ह्याक भएको छ र ह्याक भएका मध्ये केहि ग्राहकहरूको व्यक्तिगत डाटाहरू लिक भएका छन्।BitDefender_hacked

ग्राहकहरूको पासवर्डलाई गुप्तीकरण गर्नै बिर्सिए-

बिटडिफेन्डरमा भएको यो डाटा चोरी उक्त कम्पनीको लागि एकदम लज्जास्पद हुन पुगेको छ। कम्पनीले ग्राहकहरूको डाटालाई सुरक्षित राख्न नसकेर भन्दा पनि उनीहरूले ती डाटाहरूलाई ‘इन्क्रिप्ट’ (Encrypt) यानिकी गुप्तीकरण नगरेकोले यस्तो हुन पुगेको हो। यस्तो भूल कसैले पनि आशा गरेका थिएनन्।

अनलाइन ह्याकिङ्ग सामग्री ‘डिटक्स रान्सम’ (DetoxeRansome) प्रयोग गरेर ह्याकरले बिटडिफेन्डरले साना तथा मझौला व्यवसायीक ग्राहकहरूको लागि बनाएको सरभर ह्याक गरेको थियो। उक्त सरभरमा ग्राहकहरूको युजरनेम र पासवर्डहरू राखिएको थियो।DetoxRansome-bitdefender-hack

बिटडेफेन्डर ह्याकको सबैभन्दा चिन्ताजनक कुरा भनेको उक्त ग्राहकहरूको डाटाहरू पूर्ण रूपले गुप्तीकरण नगरी राखिएको थियो। रोमनको उक्त सेक्युरिटी कम्पनीले आफ्नो सिस्टम ह्याक भएको स्वीकार पनि गरेका छन् र सरभरलाई पूर्ण रूपले ह्याक गर्न नपाएको पनि बताए।

ह्याकरले फिरौती पैसा मागेका छन्-

तर, ह्याकरहरूले ग्राहकहरूको थोरै मात्रै डाटाहरू चोर्न सफल भएतापनि, १५ हजार डलरको फिरौती नदिए उक्त डाटाहरू लिक गरिदिने धम्की आएको थियो। यो हप्ताभरिमा ह्याकरहरूले २५० जना भन्दा बढी ग्राहकहरूको बिटडिफेन्डर एकाउन्ट लिक भइसकेको छ।

तथापी, कम्पनीले भने फिरौती पैसा नदिने निर्णय गरेका छन् र अहिले कानूनी व्यवस्थापकहरूसँग बसेर अनसुन्धान गरिरहेका छन्।

“यो समस्यालाई तुरुन्तै समाधान गरियो र थप सुरक्षाका उपायहरू पनि अपनाइसकिएको छ।”, कम्पनीका प्रवक्ताले बयानमा भने- “हाम्रो अनुसन्धानको अनुसार अरू कुनै पनि सरभर र सेवाहरूलाई फरक परेको छैन।”

यो पनि हेर्नुहोस्-

संसारकै सबैभन्दा बलियो स्मार्टफोनः न फुट्ने, न त ह्याक नै हुने

कसले ह्याक गर्‍यो प्रधानमन्त्रीको ट्वीटर ?