७ असोज, जनकपुरधाम । स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन ।

सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह चार हजार ८४९ मत प्राप्त गरी विजयी भएका हुन । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा (एमाले)का रामबाबु पंजियारले चार हजार ७१ मत र राधादेवी यादवले चार हजार १८९ मत प्राप्त गरेका छन ।

निर्वाचन अधिकृत दानीकान्त झाका अनुसार सो नगरपालिकामा नेपाली काँगे्रस वडा नं २, ३, ५, ६ र ९ तथा एमाले वडा नं १, ४, ७ र ८ मा विजयी भएका छन् ।