गरुण पुराणमा तीन यस्ता ब्यक्तिको बारेमा चर्चा गरिएको जो हरेक मान्छेको जीवनमा जरुरी हुन्छन् । यद्यपी यिनीहरुको स्वभाव वा ब्यवहार गलत भयो भने जीवन अशान्त मात्र होइन बर्बाद नै हुन पनि सक्छ ।

गरुण पुराण भन्छः

दुष्टा भार्या शठं मित्रं भृत्यश्र्चोत्तरदायकः।
ससर्पे च गृहे वासो मृत्युरेव न संशयः।।

यसको अर्थ हो

१ स्वार्थी साथीः
साथी जीवनमा नभै नहुने सम्बन्ध हो । हरेक मानिसले कुनै न कुनैरुपमा साथी बनाएको हुन्छ । यद्यपी साथी चयन गर्दा भने निक्कै होस गर्नु पर्छ । गलत साथीको चयन जीवन बर्बादीको कारण समेत बन्न सक्छ । स्वार्थी साथीले तपाइँलाई कुन बेला धोका दिन्छन् र झन्झटमा पारिदिन्छन् थाहा हुँदैन । साथी छनौट गर्दा विचार पुर्‍याएर मात्र गर्नुस् ।

3 people harmful in life 1

२ झगडा गर्ने नोकर
तपाइँको घरमा काम गर्ने नोकरले तपाइँसँग मुख मुखै लागेर झगडा गर्छ वा जवाफ फर्काउँछ भने सचेत रहनुस् । यस्तो गर्ने नोकरको मनमा ठूलो बदलाको भावना पैदा भएको हुन सक्छ । यस्ता नोकरले तपाइँको कमजोरीको फाइदा लिएर छिमेकी वा शत्रुसँग तपाइँको पोल खोल्ने वा कुनै षडयन्त्रमा संलग्न हुन समेत बेर लाग्दैन । झगडालु नोकरसँग सँधै सावधान रहनुस् ।

3 people harmful in life 2

४ खराव स्वभावकी पत्नि
हरेक पुरुषका लागि पत्नि महत्वपूर्ण हुन्छ । जीवन साथीकोरुपमा रहनु पर्ने पत्निको स्वभाव कस्तो छ भन्ने कुराले जीवन कस्तो हुन्छ भन्ने पनि निर्धारण गर्छ ।

husband wife angry 1

राम्रो स्वभाव भएकी पत्नि भए पुरुषलाई सहज र सफलता पाउन सजिलो हुन्छ भने खराव स्वभावकी पत्नि भए सफल हुनु पर्ने काम समेत असफल हुन सक्छ । शान्त र प्रिय स्वभाव भएकी स्त्रीले परिवारलाई जोड्छन् भने खराव स्वभाव भएकी स्त्री परिवार भाँडिने कारण बन्न सक्छ ।

परिवार बरबाद पार्ने ३ कुरा

बोलीबाट हुने ४ पाप, सँधै ख्याल गर्नुस्

जीवनको सबैभन्दा उत्कृष्ठ समय कुन हो ?