कहिलेकाहिँ अपच हुने गरी खाना खाँदा, बोसो अनि मसालेदार खाना खाँदा, धुम्रपान तथा मद्यपान गर्दा अधिकांशलाई नमीठो डकार आउने समस्या आउन सक्छ। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘एसिड रिफ्लक्स’ (Acid Reflux) भनिन्छ।

ग्यास्ट्रिकको समस्या, पेटको गडबडी र पित्तथैलीको समस्याको कारण एसिड रिफ्लक्स हुने चिकित्सकहरू बताउँछन्। त्यसलगायत कसैकसैलाई मोटोपना र तनावको कारण पनि नमीठो डकार आउने, छात्ती पोल्ने अनि पेट फुल्ने जस्ता समस्याहरू देखा पर्दछन्।Home Remedies for Belching

यस्तो अवस्थालाई न्यूनीकरण गर्न अनि यसबाट छुट्कारा पाउनका लागि आज हामी तपाईँहरूलाई केहि घरेलु रोकथामका उपायहरू बताउन गैरहेका छौँ-

१. पुदीना
  • एक गिलास पानीमा पुदीनाको ५ पत्ता राखी उमालेर पिउनुहोस्।
  • यसमा पाइने एण्टासिड (Antacid) ले पेटमा अपच भएर बसेका खानेकुराहरूलाई पचाउन मद्दत गर्दछ र त्यसबाट निस्कने नमीठो डकारलाई रोक्दछ।
२. कागती
  • विहान उठ्ने बित्तिकै १ गिलास पानीमा ३/४ थोपा कागतीको रस चुहाएर पिउनुहोस्।
  • यसमा हुने एण्टिअक्सिडेण्टले पेटमा भएको गडबडीलाई समाधान गरी पेट फुल्लिएको र नमीठो डकार आउने समस्याबाट राहत प्रदान गर्दछ।
३. मेवा
  • मेवामा ‘पापिन’ नामक इन्जाइम पाइन्छ। जसले नमीठो डकार आउने समस्याबाट राहत प्रदान गर्दछ।
  • त्यसैले खाना खाइसकेपछि मेवा खाने बानी बसाल्नुहोस्। यसले खानालाई पचाउन पनि मद्दत गर्दछ।
४. दही
  • पेट दुखेको बेला, ग्यास्ट्रिकले सताएको बेला, गानो गएको बेला अनि नमीठो डकार आएको बेलामा १ गिलास दहीमा १ चिम्टी बेसार राखेर खानुहोस्। तुरुन्तै राहत मिल्दछ।
५. सुकमेल
  • १ गिलास पानीमा ३/४ दाना सुकमेल पिसेर मिसाउनुहोस् र त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्।
  • त्यसलाई मनतातो बनाएर पिउनुहोस्। यसले दुर्गन्धित सास, नमीठो डकार जस्ता समस्याबाट छुट्कारा दिन्छ।

belching

यो पनि हेर्नुहोस्-
पसिनाले निम्त्याउने दुर्गन्धलाई यसरी टाढा गर्नुहोस्
खुट्टा किन गन्हाउँछ र खुट्टाको दुर्गन्ध कसरी हटाउने?
के तपाईँलाई दूधको परिकार मनपर्दैन? वा दूध खाएपछि अनेकथरी समस्या हुन्छ? तपाईँलाई यस्तो भएको हुन सक्छ
स्वास गन्हाउँछ भने सावधान !