३ मंसिर, एजेन्सी।

वैज्ञानिकहरुले आनुवंशिक परिवर्तन मार्फत सूर्यको प्रकाशको बढी उपयोग हुने गरी बाली उत्पादनमा वृद्धि गर्ने उपाय पत्ता लगाएका छन् ।

plant-14535509

बोट बिरुवाको अनुसन्धानमा एउटा महत्वपूर्ण उपलब्धि हात पार्ने क्रममा बैज्ञानिकहरुले यस्तो उपाय पत्ता लगाएका हुन । साइन्स नामक जर्नलमा प्रकाशित उक्त अध्ययनले फोटोसिन्थेसिस भनिने सूर्यको किरणलाई उर्जामा परिणत गर्ने बालीको प्राकृतिक प्रकृयामा सुधार ल्याएर खाद्यान्न बालीको उत्पादनमा वृद्धि गराउने बताइएको छ ।

उक्त अनुसन्धानका क्रममा सूर्तीको उत्पादन १५ प्रतिशतले बढेको पाइएको छ ।

वैज्ञानिकहरुले खाद्यान्न संकट समाधानमा पछिल्लो अनुसन्धानले सघाउ पुर्याउनसक्ने अपेक्षा गरेका छन् । अनुसन्धानकर्ताहरुले विश्वको बढ्दो जनसंख्यालाई पुग्ने खाद्यान्न उत्पादनका लागि पछिल्लो अनुसन्धान महत्वपूर्ण हुने दावी गरेका छन ।

यो पढ्नुस्।
सुर्यकै कारण आधुनिक मानव सभ्यता खतरामा: इतिहास र तयारी
पृथ्वी भित्रको उर्जा सकिए के होला? पृथ्वी भित्रको परमाणु उर्जा सन् २०२५ सम्म मापन हुने