एजेन्सी ।

बढ्दो वायु प्रदुषणका कारण विश्व समुदाय नै चिन्तित बनिरहेका बेला वैज्ञानिकहरुले वायु प्रदुषणको असर न्यूनिकरणका लागि नयाँ उपाय खोजी गरेका छन् ।

अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको समूहले वायु प्रदुषणको असर न्यूनिकरणमा भिटामिन बीले सहयोग गर्ने बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार वायुलाई प्रदुषित बनाउने तत्वहरुमा ‘पिएम टु पोइन्ट फाइभ;को सवैभन्दा महत्वपूर्ण भूमिका रहेको छ । दुई दशमलव पाँच माइक्रोमिटर मात्र ब्यास भएको यो तत्व मानिसको श्वासप्रश्वास प्रणालीमा प्रवेश गरी त्यसका अंगहरुलाई संक्रमण गर्ने गरेको छ ।

बिश्व स्वास्थ्य संघका अनुसार विश्वका करिब ९२ प्रतिशत जनसंख्या ‘पिएम टु पोइन्ट फाइभ’को स्तर बढीरहेको ठाउँमा बसोबास गर्दै आएको छ । यस्तो अवस्थामा भिटामिन बीले उनिहरुलाई वायु प्रदुषणबाट हुने संक्रमणबाट बचाउन सघाउ पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।

यो पढ्नुस्।

यो भिटामिनको कमीले हुनसक्छ मृत्यु, यी १२ संकेतको नगर्नुस् वेवास्ता