घरबाट अन्तत्र हिड्यो, बलेुका घरै फर्किन खोजिन्छ। आफ्नै खाटमा मात्र निन्द्रा लाग्ने, नयाँ घर, नयाँ खाटमा निन्द्रा नपर्ने समस्या अधिकांसले भोगेका हुन्छन्। कोसिस निकै गरिन्छ, यता फर्कियो, उता फर्कियो, सिरानी बदल्यो, सुत्ने दिशानै बदल्यो, अहँ! मरे निन्द्रा पर्दैन।
आखिर किन? किन निन्द्रा लाग्दैन नयाँ ठाउँमा?
निन्द्रा लागेझै पनि हुन्छ। थाकेको शरिर सुत्न खोज्छ। तर बिस्तारामा पल्टेपछि भने निन्द्रै लाग्दैन। यसको पछाडी ‘कम्फर्ट’लाई दोषी देखाइन्छ। जुन खाट, बिस्तारामा हामी सुत्ने बानी गर्छौ बिस्तारै त्यो हाम्रो लागी सहज हुन्छ। तर नयाँ खाटमा जानासाथ त्यो कम्फर्ट फिल हुँदैन। नयाँ खाट अप्ठ्यारो महसुस हुन्छ। अनि निन्द्रा लाग्नै गाह्रो हुन्छ। अनि छटपटाहट सुरु गरिन्छ।
तर हैन!नयाँ बिस्तारा कम्फर्टेबल नहुनु सामान्य हो, तर निन्द्रा नपर्ने कारण केवल ‘सहजपना’ मात्र हो भन्न सकिन्न। मन बुझाउन भने भनिन्छ, ‘नयाँ खाट, नयाँ ठाँऊ, मेरो खाट जस्तो सजिलो रहेनछ, निन्द्रै लागेन।’
भयो एक खोज
असहज भएकै कारण निन्द्रा नआएको भन्न सकिन्छ। तर आफु सुत्नेगरेको खाट, बिस्तारा भन्दा सजिलो, शानसार खाटमा सुत्दा पनि निन्द्रा आउँदैन। किनकी दोष खाट, बिस्तारा वा नयाँ ठाउँको होइन। यसको जिम्मेदार हो, मस्तिष्क, जसले ठाउँ बदल्दा सुत्न दिदैन।
परिक्षण यसरी गरियोहाम्रो दिमाग दुइ मुख्य भागमा बाडिएको हुन्छ। दाँया अनि बाँया। यी दुइ भागको आ-आफ्नै काम छ। शरिरको अलग-अलग हिस्साको नियन्त्रण राख्ने काम गर्छ। अध्ययनमा शोधकर्ताले उन्नत मस्तिष्क इमेजिङ प्रविधिको प्रयोगले ३५ मानिसको मस्तिष्कको अध्ययन गरे। स्लीपिङ ल्याबमा यी मानिसले कयौं दिन बिताए।
नतिजा
पहिलो रातको समय गहिरो निन्द्राको दौरान मस्तिष्को दाँया गोलार्धको तुलनामा बाँया गोलार्ध बढी सक्रिय देखियो।
अनुसन्धानकर्ताले सुतेको समयमा दाँया कानमा ‘बिप’ आवाज बजाए। तर मानिस उठेनन्। जब दुबै कानमा सो आवाज बजाइयो लगतै मानिस उठे। सो समय दिमागको दाँया गोलार्ध कम र बाँया गोलार्ध बढी सक्रिय थियो।
यदि दिमागको दुवै गोलार्ध सक्रिय छ भने निन्द्रा लाग्न सक्दैन। नयाँ ठाउँमा जाँदा नयाँ दृश्य, आवाज, अनुभव हुने हुँदा दिमागले आफ्नो सक्रियता घटाउन खोज्दैन। तपाइले याद गर्नुभएको छ, निन्द्रा नआउँदा छटपटि हुन्छ, यता फर्कने उता फर्कने, हातको अवस्था, ठाउँ परिवर्तन गर्ने, सुत्ने अवस्था परिवर्तन गरिरहन मन लाग्छ। चल्न चटपटाउन छोड्नुस्, निन्द्रा आफै लाग्छ।
जब तपाई सुत्नको लागि खाटमा पल्टनु हुन्छ शरिर आराम अवस्थामा हुन्छ। दिमाग भने सुतेको हुँदैन। बरु तपाई सुतेको बेला झन् सक्रिय हुन्छ। शरिर सुतेको छ कि छैन भनि दिमागले एक संकेत पठाउँछ। सोही संकेतले गर्दा हात, खुट्टा अनि शरिर चलाइन्छ। जब यसरि शरिरका कुनै अंग चल्छन् तब दिमाग शरिर सुत्नको लागि तयार नभएको बुझ्छ अनि तपाईलाई निन्द्रा आउँदैन।
अब निन्द्रा लागेन भनेर छटपटिने नगर्नुस्।
हात, खुट्टा जोडले चलाउन मन लागेपनि सहनुस्, बानी पार्नुस्। एकदिनमा सकिदैन, तर सुरु एकै दिनबाट नै गर्ने हो। शरिर अलिबेर स्थिर राख्दा निन्द्रा आफै लाग्छ।
यो पनि पढ्नुस्।
प्याँजले धेरै निन्द्रा लगाउँछ भन्छन् नि! के हो कारण अनि निन्द्रा लगाउने अन्य खानेकुरा के-के छन्?
निन्द्रा लाग्दैन? ६० सेकेण्डमै निदाउन यस्तो गर्नुहोस्