१५ असार, काठमाडौं ।

नयाँ शक्तिको महाधिवेशनमा बाबुराम नेतृत्वमा निर्विरोध हुने सम्भावना कम देखिएको छ । अर्का एक भट्टराईले पनि नयाँ शक्तिको नेतृत्वको दावी गरेका छन् ।

नयाँ शक्तिले पार्टीमा निर्वाचित अध्यक्ष हुने विधान पारित गरे लगत्तै बाबुरामलाई नेतृत्वमा प्रतिस्पर्धी आइलागेका हुन् ।

विप्लव माओवादीले प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै, देशभर प्रदर्शनको तयारी

केन्द्रिय सचिवालय सदस्य निर्मल भट्टराईले नयाँ शक्तिको नेतृत्व दावी गर्दै अध्यक्षको दावेदारी प्रस्तुत गरेका छन् । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै भट्टराईले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Baburam bhattrai-stage

उनको विज्ञप्तिमा भनिएको छ, “नयाँ शक्ति तपाइँ हामी सबैको पार्टी हो । शुरुवात देखि अहोरात्र खटेको नाताले नयाँ शक्तिमा मेरो भूमिका कसैको भन्दा कमी छैन । म पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गर्दछु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा कसैको आलोचना हुनेछैन ।”

प्रचण्ड, ओली र देउवाबीच सहमति- ओली संबोधन गर्दै

हिँजो मात्र नयाँ शक्तिले तीन सह संयोजकसहित धेरै नेताको कार्यविभाजन गरेको थियो । नयाँ शक्तिमा मधेसबाट रामचन्द झा, आदिवासी जनजातिबाट महेश कोर्मचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह–संयोजक बनाएको छ ।

चिनियाँ मिडियाले भन्यो- भारत पाखण्डी, भारतीयहरुलाई पाठ सिकाउनु पर्छ

बाबुराम विरुद्ध निर्मलको उम्मेदवारीले नयाँ शक्तिमा नेतृत्वको लडाइँको संकेत र असन्तुष्टि सतहमा आएको छ । कतिपयले यो उम्मेदवारीले बाबुरामलाई ठूलो झट्का लागेको समेत बताएका छन् ।