३ फागुन, काठमाडौं ।

पछिल्लो समयमा नवयुग श्रेष्ठलाई नचिन्ने फुटवल प्रेमी कमै होलान् ।  पछिल्ला ३ अन्तराष्ट्रिय खेलमा ३ वटै ह्याट्रिक गरेका यी इलामे ठिटाले आज भारतसँग हुने खेलमा कत्तिको जादु देखाउन सक्छन् यो हेर्न नेपालीहरु खेल शुरु हुने समय कुरिरहेका छन् ।

हिँजो भ्यालेन्टाइन्स डेको दिन नवयुगलाई उनकी प्रेमिका सरला श्रेष्ठले शुभकामना दिएकी थिइन् । उनले नवयुगलाई फेसबुकमा शुभकामना दिँदै आफ्नो ‘ सपनाको जादुमयी राजकुमार’ भनेकी छिन् ।

Navyug GF 6
Navyug GF 2

नवयुगले पनि आफ्नो फेसबुकबाट आफ्नो ‘भाग्य, मायाँ र सवथोक’ तिमी भनेका छन् ।

Navyug GF 7

प्रेमिका सरला मात्र नभएर यतिबेला धेरै नेपालीले नवयुगलाई गोलको शुभकामना दिइरहेका छन् ।

Navyug GF 8

आशा गरौं प्रेमिकाको प्रेमपूर्ण भ्यालेन्टाइन्स शुभकामना र नेपालीहरुको कामनाले नवयुगले नेपाललाई नवयुगमा पुर्‍याउन सक्नेछन् ।

तस्विर साभारः नवयुग र सरलाको फेसबुक

नेपालले भारतलाई यसरी जित्न सक्छ ! गर्नै नहुने ३ गल्ती

भारतको नजरमा नवयुगः यस्तो छ भारतीय रणनीति

नेपाललाई ह्याट्रिक मात्र दिलाउने नवयुग !