२३ भदौ, बर्दिया ।

पौडी खेल्ने क्रममा बर्दियामा एक बालकको शुक्रवार दिउँसो डुबेर मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका वडानं—६ वस्ने पार्वती परियारको १४ बर्षिय छोरा सौरब परियारको बबई सिचाईको नहरमा पौडि खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ ।

मृतक बालकको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक हेम बहादुर शाहीले जानकारी गराएका छन् ।