५ माघ, एजेन्सी।
वायुसेनाले एक विमानबाट देशको पूर्वी क्षेत्र रानमा गल्तीले आक्रमण गरेको र आम नागरिक मारिएको नाइजेरियाको सेनाले बताएको छ।nigeria-air-attack-on-civilians-3

अन्तराष्ट्रिय राहत संस्था एमसएफको अनुसार घटनामा कम्तिमा १०० मानिस मारिएको र दर्जनौ घाइते भएका छन्।

यो आक्रमण नाइजेरिया र क्यामरुनको सीमा नजिक भएको थियो जहाँ सेना बोकोहरामका चरमपन्थि विरुद्ध लड्दै थियो।nigeria-air-attack-on-civilians-2

सेनाका प्रवक्ता मेजर जनरल लकी इराबोरले भने, ‘जेट विमानका पाइलटले चरमपन्थीलाई निशाना बनाएको मानेर गल्ती गरे’।

सो क्षेत्रमा चरमपन्थी जम्मा हुनलागेको सूचना पाइएको उनले बताएका थिए।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुखारीले मृत्युबारे दु:ख व्यक्त गर्दै नागरिकलाई शान्ति बनाइराख्न अपील गरेका छन्।

राहत संस्था एमएसएफले अनुसार घटना परि मर्नेमा ती मानिसहरुको सङ्ख्या बढी छ जो बोकोहरामको आक्रमणबाट बच्दै भागी आएका थिए।nigeria-air-attack-on-civilians-1

संस्था भन्छ, ‘यस्ता मानिस जो पहिले देखि नै गम्भीर यातनाबाट भागेर आएका थिए, उनीहरुमाथी नै यस्तो आक्रमण चकित पार्ने अनि अस्वीकार्य छ।’

नाइजेरियामा यस्तो पहिलो घटना हो। सरकारले देशको उत्तरी भुभागमा बोकोहराम विरुद्ध निर्णायक कारवाही गरेको समयमा यो घटना घटेको हो।