२३ कात्तिक, एजेन्सी।

हरेक दिन केही न केही गरेर विश्वको ध्यान खिच्ने चीनले अर्को एक विश्व किर्तिमान बनाएको छ। १८,४४१ मानिहरु एक ठाउँमा नाचेर चीनले नयाँ विश्व रेकर्ड बनाएको हो।

नोभेम्बर ७ मा चीनको हेबेइ प्रान्तमा जम्मा भइ ‘लिटिल एप्पल’ नामक गितमा मानिसहरु नाचेका थिए।

china dance world record

सिधा लाइनमा बसी एक साथ नाच्ने यो कार्यलाई चीनमा ‘स्वायर डान्स’ भन्ने गरिन्छ।

सो कार्यक्रममा रातो ड्रेसमा अधिकांस अधवैँसे महिलाहरु सहभागी थिए।

सन् २००७ मा १७,००० मानिसहरु जम्मा भइ अमेरिकामा यसरी नै रेकर्ड बनाइएको थियो। सो रेकर्डलाई तोड्दै चीनमा यसरी नाचेर नयाँ रेकर्ड बनाएको हो।

हेर्नुहोस् भिडियो,

यो पनि पढ्नुस्।
चीनका सबैभन्दा सुन्दरी १० नायिका