१० मंसिर, काठमाडौं ।

नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल सङ्गीत सम्मान’ वरिष्ठ गायक तथा कलासाधक हरिप्रसाद रिमाल र सङ्गीतकार एवम् गायक शम्भुजित बास्कोटालाई प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त सम्मान स्वरसम्राट् नारायणगोपालको २५औँ स्मृति दिवसका अवसरमा यही मङ्सिर १९ गते प्रदान गरिनेछ । सो सम्मानमा जनही रु २५ हजार र सम्मानपत्र रहने कोषले जनाएको छ ।