काठमाडौं, ११ बैशाख । अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले नारायणी अस्पताल वीरगञ्जमा छापा मारेको छ ।

अस्पताल प्रशासनले सम्पादन गरेका काममा आर्थिक अनियमितता गरेको सूचनाका आधारमा अख्तियारले छापा मरेको हो । पत्रपत्रिकामा आएका समाचार र केही उजुरीका आधारमा अख्तियारले अस्पतालमा छापा मारेको हो । नीतिगत कमजोरी वा आर्थिक अनियमितता भन्ने विषयमा अनुसन्धान भइरहेको टोलीको नेतृत्व गरेका उपसचिव देवकुमार राईले बताए ।

टोलीलाई शंका लागेका बिषयका कागजपत्र प्रमाणित गरी अख्तियारको टोलीले लिएको उनको भनाइ छ । प्रमाणित कागजपत्रको अध्ययन पछिमात्र वास्तविकता बताउन सकिने उनले बताए । पूरानो मितिमा टिप्पणी आदेश उठाइ अनियमितता गरेको, औषधीमा बढि शुल्क लिएको, अस्पतालको मेशिन साटेको जस्ता बिषयमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट ( मेसु ) र उनी निकटले गलत काम गरेको भनी अख्तियारमा उजुरी परेको हुन सक्ने त्यहाँका केही कर्मचारीको भनाई छ ।