२२ माघ, एजेन्सी।

मिडियामा प्रकाशित हुने कयौं खबरमा UFO (पहिचान गर्न नसकिने उडन तस्तरी) र एलियनको बारेमा चर्चा गरिने गर्छ। केही व्यक्ति एलियन (अन्य ग्रहका प्राणी) देखेको दाबी गर्छन्। नासाले एलियनको अस्तित्व हुने मात्र होइन हजारौँ वर्ष देखि उनीहरु पृथ्वीमा आउने गरेको बताएको छ।

भाइरल भएको एक रिपोर्टलाई मान्ने हो भने, नासाका प्रवक्ता ट्रिश च्याम्बरशनले एलियनको अस्तित्व स्वीकारेकी छिन्। उनले दाबी गरेकी छिन् कि ग्रेस नामको एलियन कयौँ पटक पृथ्वीमा आइसकेका छन्।

पृथ्वीमा भएका कयौँ मेगाकन्स्ट्रक्सनमा एलियनको हात भएको समेत उनले खुलासा गरेकी छिन्। जसमा इजिप्टको पिरामिड पनि सामेल छ ।

अहिले नासाका वैज्ञानिकसंग एक होइन, चार अलग-अलग तारपुञ्जका एलियन सम्पर्कमा रहेको उनले स्वीकारेकी छिन्। एलियनले मानिसलाई कुनै नोक्सानी नपुर्याउनेमा पनि उनले जोड दिएकी छिन्।

अहिलेसम्म अफवाह मात्र
पहिलो पटक नासाले यसरी एलियनको अस्तित्वबारे स्पष्ट पारेको हो। यो भन्दा अघि एलियन हुने आधारहिन दाबी मात्र गरिने गरेको थियो। नासाले तीन महिना अघिको एक पत्रकार सम्मेलनमा एलियनको अस्तित्व स्वीकारेको हो।

यो पढ्नुस।
सिआइएको रिपोर्ट: नेपाल, भारत र भुटानको आकाशमा ६ पटक यूएफओ