१ मंसिर, काठमाडौँ  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासुु ईश्वरीप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नासु भट्टराई जग्गा रजिष्टे«शन पास गरी जग्गाधनी प्रमाणपत्र पूर्जा दिने क्रममा सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा नासु दाहालले भ्रष्टाचारजन्य गतिविधि गरेको ठहरसहित हदैसम्मको कारबाही र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । रासस