७ फागुन, एजेन्सी।

जर्मनीको टेलिकम्युनिकेशन विषय हेर्ने सरकारी एजेन्सीले अभिभावलाई कुराकानी गर्नेसक्ने गुडिया ‘क्याला’ नष्ट गर्न सुझाव दिएका छन्। यसको भित्र जडित स्मार्ट प्रविधिको मद्धतले निजी जानकारी ह्याकरले हातपार्ने सक्ने चेतावनी दिइएको हो।

स्मार्ट गुडिया क्याला एक यस्तो गुडिया हो, जसलाई प्रश्न सोध्दा इन्टरनेट एक्सेस गरि जवाफ दिन सक्छ।

मानौँ यदि बच्चाले क्यालासंग ‘नेपालको राजधानी के हो?’ भनि प्रश्न गरे यसले इन्टरनेटमा उत्तर खोजेर जवाफ दिनेछ, ‘काठमाडौं।’

अनुसन्धानकर्ता भन्छन् ह्याकरले यो गुडियाको असुरक्षित ब्लूटूथ प्रयोग गरि बच्चासंग कुरा गर्न वा बच्चाको कुरा सुन्न सक्छन्।

तर युके खेलौना बिक्रेता संघले भने केयलाबाट ‘कुनै खास खतरा’ नभएको बताएको छ।

‘माइ फ्रेन्ड केयला’ नामको यो गुडियाको बिक्रेता कम्पनी विविड टोय ग्रुपले ह्याकिङको छिटपुट घटना भएपनि ती ह्याकिङ विशेषज्ञले नै गरेको बताउँछ।

तर अनुसन्धानकर्ता यसलाई ह्याक गर्न सकिने र यसको समाधान अहिलेसम्म ननिकालिएको चेतावनी दिन्छन्।

क्यालाको यो कमजोरी सन् २०१५ जनवरीमा पत्ता लागेको थियो। यसपश्चात अमेरिका र युरोपियन संघका उपोभोक्ताले यसबारे गुनासो गरेका थिए।