२२ असार, लिस्वन, पोर्चगल ।

जनसम्पर्क समितिको आगामी निर्वाचनका लागि पोर्चुगलमा कांग्रेसीजनहरुले दौडधुप जारी छ । पोर्चुगलमा आसन्न्न अधिवेशनको लागि सहमतिको प्रयास जारी रहे पनि सहमती हुने संभावना कम देखिएको छ ।

नयाँ नेतृत्वको लागि आन्तरिकरुपमा मात्र नभई गोप्यरुपमा समेत भेटघाट भइरहेका छन् । सहमति नभएको खण्डमा जनसम्पर्क समिती पोर्चुगलको पाचौ अधिवेशनले पहिलो पटक निर्वाचनद्धारा कार्यसमिति चयन गर्ने छ ।

यहि जुलाई २३ गते अर्थात साउन ८ गते पोर्चुगलको राजधानी लिस्वनमा केन्द्रिय प्रतिनिधिको रोहवरमा अधिवेशनको उद्धाटन गरिने छ । विदेश विभाग प्रमुख सुरेन्द्र पाण्डे वा विश्वप्रकास कोइरालामध्ये एकजनाले अधिवेशनको उद्धाटन गर्ने बताइएको छ ।

यसअघि गत मार्च २६ गर्ते गर्ने भनिएको जनसम्पर्क समितीको निर्वाचन आन्तरिक विवादका कारण स्थगित भएको थियो । सन २००७ मा पहिलो पटक पोर्चुगलमा जनसम्पर्क समिती गठन गरिएको थियो ।

पूर्ण हमाल र लक्ष्मी सापकोटाले क्रमश दुईकार्यकाल नेतृत्व गरिसकेका छन् । नयाँ नेतृत्वको लागि यसपाली तीन जना खरो रुपमा उत्रिएका छन् ।

जनसम्पर्क समिति पोर्चुगलमा केन्द्रमा जस्तो गुट उपगुट नभएपनि आफ्नो आफ्नो पक्षको उम्मेद्वारलाई जिताउनको लागि अघिल्लो पटक नेतृत्व लिएकाहरुले लविङ शुरु गरेका छन् । यसका लागि गोप्य भेलाको समेत आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।

गोप्य भेलामा वार्गेनिङको लागि उम्मेदवारी दिने सम्मको विषयमा कुराकानी भएको श्रोतको भनाई छ । नेतृत्वको लागि तिलक गैर, विनोद घिमीरे र सुशिल शर्माको नाम चर्चामा छ । तीनै जनाले जनसम्पर्क समितिको नेतृत्वको लागि आफू सक्षम भएको दावी गरेका छन् ।

योसंगै पहिलो पटक नेतृत्वका लागि तीन जनाको दावेदारी परेको हो । अघिल्ला अधिवेशनहरुमा हमाल र सापकोटालाई निर्विरोध चयन गरिएको थियो ।

यसैवीच अधिवेशनको तयारी हुदै गर्दा पहिलो पटक संचारमाध्यमसँग कुरा गर्दै बलिया प्रतिष्पर्धी मानिएका तिलक गैरैले परिवर्तित अबस्थामा संस्थालाई अलग ढंगवाट नेतृत्व गर्नको लागि आफू तयार भएको बताएका छन् ।

नेपाली हेडलाइनसँग कुराकानी गर्दै गैरेले स्वस्थ प्रतिस्पर्धाको लागि आफू पछि नहट्ने बताए । नवलपरासीको गैडाकोट स्थायी घर भएका गैर वर्तमान कार्यसमितीको उपाध्यक्ष समेत हुन् ।

पोर्चुगलमा विगत दश वर्षदेखि बस्दै आएका उनी सामाजिक अभियान्ताको रुपमा समेत परिचित छन् । नेपालीहरुबीच चर्चित गैरले नेपालीलाई समस्या परेको बेला पोर्चुगलको प्रशासनिक क्षेत्रका स्थानिय भाषामा समेत समस्याको गहिराईमा पुगेर दोहोरो वार्ता गर्ने व्यक्ति चाहिने तर्क गर्छन् ।

त्यसको लागि आफु सक्षम भएको पुष्टि यहाँका नेपालीहरुले गर्ने गरेको बताउदै उनले जनसम्पर्क समितीको नेतृत्व लिदै गर्दा भावी योजना समेत बताए ।

नेपालीहरु बीचको सद्भाव कायम गरि सहि सूचना प्रवाह गर्ने, बालवालिकाहरु प्रति नेपाली संस्कृती, संस्कार विकासको लागि आवस्यक कार्यक्रमको योजना ल्याउने योजना अघि सारेका छन् ।

पोर्चुगलमा २० हजार भन्दा बढी नेपालीहरु रहेका छन् । जजनसम्पर्क समिती पोर्चुगलले ५ सयभन्दा बढी कृयाशिल सदस्यहरु रहेको दावी गरेको छ ।