११ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार उमेद्बारको मनोनयन बैशाख १६ गते हुनेछ ।

आयोगको आज बसेको बैठकले २०७४ साल बैशाख ३१ गते विहान देशभर ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गर्दै कार्यतालिका सार्वजनिक गरेको हो ।

बैठकपछि विज्ञप्ती जारी गर्दै आयोगले बैशाख १६ गतेदेखि नै निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ ।