५ असार, कपिलवस्तु । निर्वाचनको बिरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला नेताले कपिलवस्तु नगरपालिकाको मेयर, उपमेयर सहित वडास्तरमा स्वतन्त्र उम्मेदबारी दिएका छन । राजपा कपिलवस्तुका अध्यक्ष मण्डलका सदस्य रामदास गुप्ताले नगर प्रमुख र नेता बासुदे गुप्ताले उपप्रमुखमा स्वतन्त्र उम्मेदबारी दिएका हुन ।

पार्टीले वडास्तर सम्म नै उम्मेदबार तयार गरि स्वतन्त्र उम्मेदवारी दिएको हो । आन्दोलनले मधेसको माग पुरा हुने नदेखे पछि आफु निर्वाचनमा आएको नेता गुप्ताले बताए । निर्वाचन बिरोधका लागी गरिएको आन्दोलन उपलब्धीहिन रहेको उनले दाबी गरे । निर्वाचनमा सहभागी भएर पनि संबिधान प्रतिको असन्तुष्टी जनाउन सकिने उनको प्रष्टोत्ति छ । आफनो उम्मेदबारीले सहि भएको बताउदै त्यसले पार्टीमा कुनै असर नपर्ने उनले दाबी गरे ।

राजपाका नेताले जिल्लाको यशोधरा गाँउपालिका सहितका अन्य स्थानिय तहमा समेत स्वतन्त्र उम्मेदबारी दिएका छन । जिल्लाका १० वटै स्थानिय तहमा उम्मेदबारहरुको बिहानै देखी उत्साहजनक रुपमा उम्मेदबारी मनोनयन भैरहेको छ ।

मनोनयन दर्ताको बिरोध गर्न सक्ने भन्दै प्रहरीले पार्टी केन्द्रिय सचिव रबिदत्त मिश्र, केन्द्रिय सदस्य मंगल प्रसाद गुप्ता, जिल्ला संयोजक कैलाश अग्रहरी सहित २५ बढि नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । उता स्थानिय प्रशासनले शान्ति सुरक्षामा प्रतिकुल असर पर्न नदिन सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।