१० फागुन, रुपन्देही । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले तोकेको निर्वाचनको मितिमा शङ्का नगर्न आग्रह गरेका छन ।

केन्द्रीय अनुगमन टोलीले आज भैरहवामा आयोजना गरेको लुम्बिनी अञ्चलस्तरीय कार्यक्रममा उपप्रधानमन्त्री महराले सरकारले निर्वाचन आयोगदेखि सरोकारबालसँग छलफल गरेर स्थानीय निकायको निर्वाचनको मिति तोकेकाले निर्वाचनप्रति शङ्का नगर्न आग्रह गरे ।

लामो समयपछि स्थानीय निकायको निर्वाचन हुन लागेको भन्दै उनले कुनै पनि बहानामा निर्वाचन नसर्ने दाबी गर्दै कुनै द्वीविधा नराखी तयारी थाल्न जिल्लास्थित प्रमुखलाई निर्देशन दिए ।

केन्द्रीय अनुगमन समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव टकङ्मणि शर्माले अहिले पनि विकास निर्माणमा परम्परागत तरिका नै रहेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिए । रासस