९ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

निर्वाचनको मिति घोषणा, संविधान संशोधन विधेयक लगायतको विषयमा छलफल गर्न मन्त्रीपरिषद्को बैठक बोलाएको प्रचण्डको सचिवालयले बताएको छ ।

यो पढ्नुस्: सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मधेशी मोर्चा

सरकारले पटक–पटक निर्वाचनको मिति घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेपनि निर्वाचनको मिति घोषणा गर्न सकेको छैन । निर्वाचनको तयारीको लागि आइतवार साँझ प्रचण्डले मधेसी मोर्चा र निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए ।

निर्वाचन आयोगले सरकारले तोकिएकै समयमा निर्वाचन गर्न प्रतिबद्धता व्यक्त गरेपनि मधेसी मोर्चाले संविधान संशोधन विधेयक र राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवन पुनरावलोकन गर्नुपर्ने शर्त अगाडि सारेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरे मोर्चाले त्यसको एक घण्टाभित्र नै आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।