१० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारलाई निर्वाचन सुनिश्चित हुने वातावरण बनाउन आग्रह गरेको छ ।

फाइल फाेटाे

पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले चुनाव गर्ने सरकारको निर्णयको स्वागत गर्दै यस्तो आग्रह गरेको हो ।

बैठकले स्थानीय तहको संख्या नबढाउन र संसोधन विधयेक पनि अघि नबढाउन सरकारलाई आग्रह गरेको छ ।

हिजोको मन्त्रीपरिषद बैठकले मेधशमा स्थानीय तहको संख्या बढाउने प्रस्ताव गरेपछि एमालेले सरकारको ध्यानाकर्षण गराएको हो । उसले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि माग गरेको छ ।

निर्वाचनका लागि आवश्यक ऐन कानुन निर्माणमा पनि तदारुकता लिन सरकारको ध्यानाकर्षण गराइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।