काठमाडौं ।

मंसिर एघार गते हुने प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ प्रतिनिधि सभा सदस्यका लागि शान्तिपुर्ण रुपमा आइतबार उम्मेदबारी दर्ता भएको छ । उम्मेदबारी दर्तासँगै चुनाव हुने जिल्लाका उम्मेदबारले जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्न शुरु गर्ने तयारी गरेका छन् ।

प्रतिनीधि सभा सदस्यका लागि वाजुरा जिल्लामा प्रमुख दलले नारा जुलुसका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदबारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले बाजुरामा बिराज पण्डितलाई प्रतिनिधि सभाको उम्मेदबार बनाएको छ भने एमाले माओवादी गठवन्धनका तर्फवाट नेकपाएमाले केन्द्रीय सदस्य लालबहादुर थापा उम्मेदबार बनेका हुन ।

भोजपुरमा पनि लोकतान्त्रिक गठवन्धन र बाम गठवन्धनले छुट्टाछुट्टै उम्मेदबारी दर्ता गराएका छन् । कांग्रेस र संघीय समाजवादी फोरम गठबन्धनका प्रतिनिधि सभामा कांग्रेसका उमेशजंग रायमाझीको उम्मेदवारी दर्ता गरेको छ । त्यसैगरी बाम गठवन्धनको तर्फवाट प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता सुदन किराँतीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

रामेछाप बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका श्याम श्रेष्ठले उम्मेदबारी दर्ता गरेका छन । कांग्रेसले भने पुुर्णवहादुर तामाङ अघि सारेको छ । दुबै गठवन्धनका उम्मेदबार नारा जुलुसका साथ निर्वाचन कार्यालय पुगेर उम्मेदबारी दर्ता गराएका थिए ।

पाँचथरमा पनि विभिन्न राजनितीक दलहरुले उत्साहपूर्वक रुपमा उम्मेद्धवार मनोनयन दर्ता गरेका छन् । कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेलाई उम्मेदबार बनाएको छ । कांग्रेस उम्मेदबारलाई राप्रपाले सहयोग गरेको छ । एमाले माओवादी गठवन्धनका तर्फवाट एमालेका बसन्तकुमार नेम्बाङले उम्मेदबारी दर्ता गरेका छन् ।

रोल्पामा पनि नारा जुलुसका साथ कांग्रेस उम्मेदबार र एमाले माओवादी गठवन्धनका तर्फवाट उम्मेदबारी परेको छ । एमाले माओवादी गठवन्धनले पुर्वमन्त्री एवं माओवादी नेता बर्षमान पुनलाई उम्मेदबार बनाएको छ । कांग्रेसले सिँचाई राज्यमन्त्री अमरसिंह पुनलाई उम्मेदबार बनाएको छ ।

वाग्लुङमा चार दलले उम्मेदबारी दर्ता गराएका छन् । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठवन्धन, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राप्रपा राष्ट्रवादीको उम्मेदबारी परेको हो । मनोनयन दर्ता गर्न बामपन्थी गठबन्धन दल र नेपाली कांग्रेसका कार्यकर्ता नाराजुलुस सहित मुख्य निर्वाचन कार्यालयमा पुगेका थिए । प्रतिनीधिसभामा बाग्लुङको क्षेत्र नम्बर १ मा कांग्रेसले चम्पादेबी खड्का, एमालेबाट डाक्टर सुर्य पाठक, सङघिय समाजबादी फोरमका महेन्द्र जिसी, राप्रपापा रास्ट्रबादीका सुमनजंग राजभण्डारीले उम्मेदवारी दर्ता गराएका छन । बाग्लुङ दुईमा भने माओबादी केन्द्रका नेता देबेन्द्र पौडेल, नेपाली कांग्रेसका पुर्ब सांसद निरज पुन, संघीय समाजबादी फोरमका यमवहादुर घर्तिमगरको उम्मेदबारी दर्ता भएको छ ।

कालिकोटमा पहिले तय भएको उम्मेदबारी साटेर बाम गठवन्धनले उम्मेदबारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको उम्मेदबारी पाएका विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाही प्रदेश सभामा गएपछि माओवादी केन्द्रका जिल्ला संयोजक दुर्गबहादुर रावतले प्रतिनीधिसभामा उम्मेदबारी दिएका छन् । कांग्रेसले भने युवा नेता भुपेन्द्रजंग शाहीलाई प्रतिनिधि सभाको उम्मेदबार बनाएको छ ।

प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनका लागि दाचुर्लामा पन्ध्र जनाको उम्मेदबारी परेको छ । प्रतिनिधि सभाको एक मात्रै क्षेत्र रहेको दार्चुलामा प्रतिनिधि सभाका लागि छ जनाले उम्मेदबारी दिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि काग्रेसकोतर्फबाट विक्रम सिंह धामी, एमाले माओवादी गठवन्धन बाट निवर्तमान सांसद गणेश सिंह ठगुन्नाको उम्मेदवारी परेको छ । यस्तै नया सक्ति नेपालका जितेन्द्र महरा , जनसमाजवादी पार्टीका धनबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका मनविर दमाइ तथा स्वतन्त्र उम्मेदवार रघुविर सिंह ठगुन्नाको उम्मेदबारी परेको छ ।

उता लमजुङमा एमाले माओवादी गठवन्धनका तर्फवाट माओवादी केन्द्रका प्रभावशाली नेता देव गुरुङले प्रतक्ष्यतर्फ उम्मेदबारी दर्ता गराएका छन् । कांग्रेसका तर्फवाट को उम्मेदबारी परेको छ । दुबै समूहले नारा जुलुसका साथ निर्वाचन अधिकृतकको कार्यालय पुगेर उम्मेदबारी दर्ता गरेका थिए ।

त्यस्तै सोलुखुम्बुमा पनि शान्तिपुर्ण रुपमा उम्मेदबारी दर्ता भएको छ । सोलुमा नेपाली कांग्रेसका नेता बलवहादुर केसीले उम्मेदबारी दर्ता गराएका छन् । एमाले र माओवादी गठवन्धनका तर्फवाट माओवादी केन्द्रका तर्फवाट हेमकुमार राईले उम्मेदबारी दर्ता गरेका छन् ।

बझाङमा ७ दलले प्रतिनिधि सभा र प्रदेश सभाको लागी उम्मेदवारी दर्ता गराएका छन । एमालेबाट टिकट वितरणमा रुष्ट भएका एमालेको गोपालबहादुर खड्काले प्रतिनिधी सभा र शेरबहादुर बोहराले प्रदेश सभामा बागी उम्मेदवारी दिएका छन । बाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाको लागी भैरबहादुर सिंह र नेपाली काङग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंहले उम्मेदवारी परेको छ ।