१० असार, तुलसीपुर (दाङ) । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिए ।