२१ बैशाख, काठमाडौँ ।
स्थानीय तहको निर्वाचनका लागी उम्मेद्वारी दिएका उम्मेद्वारको नाम बिहिवार (आज) निर्वाचन आयोगले प्रकाशन गर्दैछ । आयोगले बिहान ११ः३० देखि १ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गर्ने जनाएको छ ।

निर्वाचनमा भाग लिन नचाहने उम्मेद्वारले आजै उम्मेद्वारी फिर्ता पनि लिन सक्नेछन । आयोगका अनुसार आज दिउँसो १ देखि ५ बजेसम्म सम्बन्धित स्थानीय तहको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुुगेर उम्मेद्वारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ ।

आयोगले भोलि शुक्रवार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरि उनिहरुको चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका बनाएको छ ।